२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

५ बर्षे कार्यकाल भित्र गाउपालिकाको आफ्नै बस हुनेछः अध्यक्ष बोहरा

१९ पुष २०७५, बिहीबार १०:०२

कमल रावल । पौष १९ अछाम । मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहराले आफ्नो ५ बर्षे कार्यकालमा गाउपालिकाको आफ्नै बस सेवा हुने बताउनु भएको छ । 

गाउपालिकाका जनतालाई अन्य क्षेत्रमा आवातजावत गर्नलाई गाउपालिकाका प्रत्येक ८ वटै वडामा सडकको पहुच सहीत जनताले बस सेवा उपभोग गर्न पाउने बताउनु भयो । रेडियो रामारोशनसँग कुराकानि गर्दै बोहराले आफ्नो पहीलो बर्षको अवधि कार्यालय ब्यबस्थापनमै गएकाले आगामि दिनमा स्वास्थ्य सेवाको सृदृढिकरण सहीत सबै नागरिकको पहुचमा स्वास्थ्य सेवा पुरयाई सबैलाई चेकजाँचको अभियान थाल्ने, शिक्षामा पहुचका लागि शिक्षकको अभाव हुन नदिने र ५ बर्ष भित्र ८ वटै वडामा रािष्टय प्रशारण लाईनको विद्युत विस्तार सडक पुरै पुगिसक्ने बताउनु  भयो । 


बोहराले मेल्लेख क्षेत्रका नागरिकलाई खाद्यान्नको अभाब हुन नदिने बताउनु भयो । चर्को मुल्य तिरेर दैनिक उपभोग्यका सामाग्री अब जनताले किन्न नपर्ने र गाउपालिकाले वितरणको थालनि गर्ने बताउनु भयो । पहीलो चरणमा माघ महिना भित्र एक टक चामल, नुन, तेल आफ्नो गाउपालिकाले धनगढीकै दररेटमा वितरण गर्ने बताउनु भयो । सामान ढुवानिको खर्च गाउपालिकाले बेहोर्ने र बाकी हुन आउने रेट ८ वडाका ८ सहकारीले खरिद गरि ८ जना युवालाई रोजगारिको समेत सृजना हुने बताउनु भयो । एक अर्को प्रसँगमा बोहराले भर्खरै गाउपालिकाले बस संञ्चालन सहीत विद्युतको केन्द्रिय लाईनको बिस्तार अभियानको थालिसकेकाले यसको दियोपनाका लागि अघि बढ्ने बताउनु भयो । नियमीत बससेवा संञ्चालनका लागि मेल्लेखमा शाखा बनाईसकेकाले प्रत्येक वडामा बससँग सम्बन्धीत ब्यक्तीगतसँग समन्वय गर्दै सुचारु हुने बताउनु भयो । 

एक अर्को प्रसँगमा बोल्दै बोहराले आफ्नो गाउपालिकामा गैरसरकारी सस्थाले गर्ने कार्यक्रम एकद्धार प्रणालीका साथ अघि बढाउने बताउनु भयो । सस्थाले संञ्चालन गर्ने क्रियाकलाप प्रभाबकारी बनाउनका लागि एकै ठाउमा लागु गरिएकाले अहिलेको अभियान वडा नम्बर ३ ठाटीलाई छाउपडी गोठमुक्त गराउने रहेको बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य