Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीमा मोटसाइकल दुर्घटना हुँदा एकको मृत्यु

By kit 1 मिनेट पढाइ

<p>पुस २०, नवलपरासी | पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित ज्यामिरे जङ्गलमा मोटसाइकल आफैँ अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लु ३० प २०६ नंको मोटरासाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो ।&nbsp;<br></p><p>मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिकाका ३५ वर्षीय विशाल गुरुङ रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रासस</p>