Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

महोत्तरीमा वन माहुरीले टोक्दा ४ जना सिकिस्त, एकको अवस्था गम्भीर

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस २०, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी भएका छन् ।&nbsp;<br></p><p>वन माहुरीले टोक्दा बजराहीका ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय मोहन साह, १४ वर्षीय अहमद अन्सारी र १३ वर्षीय सागिर राइन गिम्भीर बिरामी भएको स्थानीयवासी महेन्द्र साहले बताउनुभएको छ ।&nbsp;</p><p>चारै जनाको उपचार जिल्ला अस्पताल जनकपुरमा भइरहेको छ । शलतियादेवीको अवस्था गम्भीर रहेको उनका पति मुसाफिर साहले बताउनुभयो । बिहीबार साँझ घाँसपात लिन घरबाट ५०० मिटर दुरीमा रहेको बगैंँचामा गएको बेला अचानक वन माहुरीको गोलाले आक्रमण गरी चारै जनालाई जीउभरि टोकेर गम्भीर बनाएको थियो ।&nbsp;</p>