२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाइडबडी प्रकरण: सांसदहरू विभाजित, तीन मन्त्रीलाई समान सजाय हुनुपर्ने

२०७५, २० पुष शुक्रबार १६:४५

पुष २०, काठमाडौँ | सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपसमितिको प्रतिवेदनलाई लिएर सांसदहरू दुई कित्तामा विभाजित भएका छन् । अधिकांश सांसदहरूले वाइडबडी खरिद गर्दा अनियमितता भएकोमा भने एकमत छन् तर सत्तापक्षकै मन्त्री तथा आसे-पासे समेत मुछिएपछी सांसदहरुनै दुईपक्षमा विभाजित भएका छन् । जसको कारण आजको बैठकले कुनै निष्कर्ष दिन सकेन । 

लेखा समितिले कांग्रेसका सांसद राजन केसी संयोजकत्वको सात सदस्यीय उपसमितिमार्फत १५ दिन लगाएर तयार पारेको प्रतिवेदनमा शुक्रबार छलफल गरेको थियो । तर विभाजनकै कारण उपसमितिको प्रतिवेदनमा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएपछि उक्त प्रतिवेदन पारित हुन सकेन ।

सांसदहरुले जहाज खरिद गर्दा भएको अनियमिततामा एकमत जनाए पनि प्रतिवेदनमा भाषागत संरचना र कारबाहीको सूची नमिलेको भन्ने कारणलाई आधार बनाई सोमबार संसोधन सहित बैठकमा पेस गरिने भएको छ ।

बैठकमा नेकपाका सांसदहरू र प्रतिपक्षबीच बिबाद देखिएको छ  । नेकपाका नेताहरुले राजनीतिक पूर्वाग्रहमा प्रतिवेदन तयार गरेको भन्दै बिरोध गरेका छन् । नेकपाका नेताहरुले प्रकरणमा मुछिएका पूर्वमन्त्री जीवनबहादुर शाही, जितेन्द्रनारायण देव र पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई समान कारबाही हुनुपर्ने माग उठाएका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई हदैसम्मको कारवाही भन्ने शब्दमा नेताहरुले प्रश्न उठाएका छन् । 


नेताहरुले तोकिएको अनुरुप जहाज नआउनु, तौलमा कम हुनु, व्यापारिक योजनाअनुसार उडान क्षमता घटाएर जहाज मगाउनु जहाज प्रकरणका अनियमिता भएको भन्दै भ्रष्टाचार भएको तर मुछिएका सबैलाई समान कारवाही गर्नुपर्ने आवाज उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने