२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

हेल्प मधेशीद्वारा सिरहा र धनुषाका विद्यार्थीहरुलाई शैक्षिक साग्रगी वितरण

२०७५, २१ पुष शनिबार १२:४६

राम नारायण पंडित । पौष २१, सिरहा । हेल्प मधेशी साउदी अरेबियाले सिरहा र धनुषाका बिद्यार्थीहरुलाई शैक्षिक साग्रगी वितरण गरेका छन् । रोजगारीको क्रममा खाडी मुलुकमा रहेका नेपालीहरुको साझा संस्था हेल्प मधेशी साउदी अरेबियाद्धारा संकलित रकमले सिरहा र धनुषाका ४० जना अतिगरिब, दलित, बिपन्न बिद्यार्थीहरुलाई ब्याग, कपी, कलम र डिक्सनरी प्रदान गरेको हो ।


कर्जन्हा नगरपालिका बडा नं. ११ स्थित बगहामा शुक्रबार आयोजित कार्यक्रममा आधारभुत बिद्यालय कर्जन्हा नपा १० मनहर्बा, आधारभुत बिद्यालय कर्जन्हा नपा ११ बगहा, जनकल्याण आधारभुत बिद्यालय कर्जन्हा ११ हथलेटबा र जनता आधारभुत विद्यालय गणेशमान चारनाथ नपा ८ पोर्ताहा, धनुषाका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । प्रत्येक बिद्यालयबाट अतिगरीब, दलित र बिपन्न मध्येबाट १० जनाको दरले छनोट गरी जम्मा ४० जना बिद्यार्थीलाई करीब ६० हजार मोलबराबरको शैक्षिक सामग्री बितरण गरीएको आयोजकले जनाएको छ ।  

कार्यक्रमलाई सम्बोधन गर्दै हेल्प मधेशी नेपालका अध्यक्ष राम उद्गार यादवले पीडितको अवस्था हेरी आफुहरुले आगामी दिनमा समेत सहयोग गर्न प्रतिवद्ध रहेको बताए । बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुलाई शिक्षाको  पहुचमा सहयोग पुग्ने उद्देश्यले शैक्षिक सामाग्री बितरण गरेको उनले बताए । 

हेल्प मधेशीका सदस्यहरुले महिनामा एक दिन चिया नखाएर जम्मा गरिएको रकमले सममय–समयमा आर्थिक स्थित कमजोर भएका गरीब, दलित, पिछडिएका बिद्यार्थी, दुर्घटना, भुकम्प, बाढीपहिरो जस्ता दैबिक प्रकोपबाट पिडित भएका परिबारलाई राहत स्वरुप रकम, खाद्यान्न र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका छन् ।  

हेल्प मधेशी नेपालका अध्यक्ष राम उद्गार यादवको अध्यक्षता तथा कर्जन्हा नगरपालिकाका बिनी उपेन्द्र महतोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा कर्जन्हा नगरपालिका उपमेयर ज्ञानु श्रेष्ठ, हेल्प मधेशी साउदी अरबका संस्थापक अध्यक्ष शिब नारायण यादब, समाजवादी लोकतान्त्रिक ट्रेड युनियनका केन्द्रिय कोषाध्यक्ष शोभा मण्डल, त्यसैगरी अतिथिका रुपमा हेल्प मधेशीका संस्थापक सदस्य प्रभात महतो, नेपालका सदस्य संजयरान यादब र राम पुकार कापर लगायत शिक्षक, बिद्यार्थी, स्थानियबासी सहितका उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस