२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

मिस म्याग्दीको उपाधि छन्त्याललाई

२०७५, २२ पुष आईतवार ०२:५६

पुष २२, म्याग्दी (रासस) | किङ्ग क्रियशनले आयोजना गरेको ‘मिस्टर एण्ड मिस मोडल अफ म्याग्दी’ सौन्दर्य प्रतियोगिताको उपाधि बेनीको क्याम्पसचोककी हेना खड्का छन्त्यालले जितेकी छिन् । 

बेनीमा शनिबार भएको फाइनलमा ३२ प्रतिस्पर्धीलाई पछि पार्दै १४ वर्षीया छन्त्यालले मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको उपाधि र ताज पहिरिएकी हुन् । कालीपुलकी सोनिया पुन फस्ट रनरअफ भएकी छिन् । विजेता छन्त्यालले रु ५० हजार नगदसहित ताज र प्रमाणपत्र प्राप्त गरिन् । 

फस्ट रनरअफ सोनियालाई म्युजिक भिडियोमा अभिनयको अवसर दिइने आयोजक किङ्ग क्रियशनका सुमन खड्काले बताउनुभयो । ३२ प्रतिस्पर्धीहरु मध्य तीन जना युवा र १२ जना युवती अन्तिम १५ मा छनोट भएका थिए । 


उपाधि विजेता छन्त्याल बेनीको माउन्ट एभरेष्ट आवासीय माविको कक्षा ८ मा अध्ययनरत छिन् । मिस्टर एण्ड मिस म्याग्दीको ताज पहिरिएपछि छन्त्यालले नसोचेको सफलता पाएको र सपनाजस्तो लागेको बताइन् । मोडलिङमा रुचि राख्ने छन्त्यालले आफ्नो कलामार्फत जन्मभूमि र देशलाई चिनाउन योगदान गर्ने बताइन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो