२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

म्याग्दीको तातोपानीमा ‘बाथ टब’ रिजर्भ गरेर नुहाउन पाइने

२२ पुष २०७५, आईतवार ०३:१४

पुष २२, गलेश्वर (रासस) | प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ । विशेषगरी पछिल्लो समय विदेशी पर्यटक र नेपालका विशिष्ट व्यक्ति कुण्डमा नुहाउन आउने क्रम बढेपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वाधार निर्माणलाई तीव्रता दिएको हो । 

यही क्रममा कुण्ड बाहिर रहेका तातोपानीका धाराहरु नजिक ‘मिनी कुण्ड’ र मुख्य कुण्डभित्र विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी ‘बाथ टब’ को निर्माणकार्य अन्तिम चरणमा पुगेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । अध्यक्ष शाक्यका अनुसार नयाँ निर्माण गरिएका कुण्ड (पोखरी)हरुलाई रिजर्भ गरेर समेत नुहाउन सकिने व्यवस्था गरिएको छ । नयाँ कुण्डमा एक पटकमा २५ जनासम्मले नुहाउन सक्नेछन् । परिवार र साथीभाइसँग आउने व्यक्तिले कुण्ड रिजर्भ गरेर नुहाउन सक्ने उहाँको भनाइ रहेको छ । बाथ टबमा प्रतिघण्टा प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ । 

अक्षयकोषका लागि एक करोड १६ लाख सङ्कलन 

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको रु एक करोड ५० लाखको अक्षयकोषका लागि अहिलेसम्म रु एक करोड १६ लाख सङ्कलन भएको छ । 

आर्थिक अभावमा कसैलाई पनि उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ओमकुमारी शान्ति कोषले अक्षयकोष स्थापना गर्न लागेको हो । हालसम्म अक्षयकोषमा रु एक करोड १६ लाख सङ्कलन भइसकेको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । 

ओमकुमारी शान्ति कोष विसं २०७० मा स्थापना भएको हो । बेनी नगरपालिका–४ की ओमकुमारी (शान्ति) पुन हाइपोप्लाष्टिक एनिमिया रोगबाट पीडित भएपछि उनको उपचारमा सहयोग जुटाउन सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । उपचारकै क्रममा पुनको निधन भएको थियो । पुनको निधनपछि बचत भएको रकमबाट डेढ करोडको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरिएको कोषका उपाध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता