2026-07-07 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद बैठकमा काँग्रेस सांसदको नाराबाजी

2019-01-06

पुस २२, काठमाडौं । संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएपछि नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् ।

आइतबार संसद बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले झण्डै एक घन्टा लामो सम्बोधन गरे । उनले सरकारको कामकारबाहीबारे जानकारी दिनुका साथै विपक्षी सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ समेत दिएका थिए ।

लगतै कांग्रेस सांसदहरुले प्रश्नउत्तर गर्न समय मागे । तर, सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले सरकारको कामकारबाहीबारे जानकारी मात्र दिएको भन्दै समय दिएनन् । कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख महराले ‘सिमित सदस्यलाई प्रश्न गर्न अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिए । तर, रिजालले महराको प्रस्ताव मानेनन् । 

लगतै सभामुखले प्रश्न गर्ने कार्यक्रम हटाएको सूचना दिँदै अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न समय दिए ।

कांग्रेस सांसदहरुको नाराबाजीका बीच दाहालले प्रतिवेदन पेश गरे । बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने