२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामाजिकरणतर्फ उन्मुख ‘फिरन्ते जाती राउटे’

२०७५, २२ पुष आईतवार १४:५१

पुष २२, लेकवेशी (सुर्खेत) | जंगलमा फिरन्ते जीवन बिताउँदै आएको लोपन्मुख जाती राउटे समुदाय सामाजिकरणतर्फ उन्मुख हुन थालेका छन् । आफूलाई जंगलको राजा राउटे जाती विगत जस्तो जंगलमा खानेकुरा पाइन छाड्दा र आफूले बनाएका काठका भाँडा विक्री नभएपछि बिस्तारै अरु नागरिक सरह जीवन बिताउनतर्फ  उन्मुख हुन थालेको हो ।

कुनै बेला रुपैयाँ छोएमा पाप लाग्छ भन्ने जंगलको राजा राउटे अहिले बस्तीमा पुग्ने जो–कोहीबाट रुपैयाँ माग्ने गरेका छन् । यति मात्रै हैन् आफूले पाउने सामाजिक सुरक्षा भत्ता र खाद्यन्न सरकारले कहिले पठाउँछ भन्दै बस्तीमा पुगेका अन्य नागरिकलाई फोन गरिदिन आग्रह गर्छन् । जंगलमै बस्ने र अन्य जातिसंग घुलमिल हुन नचाहने राउटे जाति अहिले अन्य समुदायहरुसंग खुलेरै कुरा गर्ने गरेका छन् । प्रदेश सरकार, स्थानीय सरकार र गैर–सरकारी निकायहरु पनि राउटेलाई एकै ठाउँमा बसोबास गर्ने अभियान चलाइरहेका छन् । लज्जालु स्वभावको राउटे विगतमा आफ्नो समुदायभन्दा बाह्य समुदायका नागरिकहरुसंग बोल्न रुचाउदैन्थ्यो । राउटे समुदायका मुखिया र पुरुषहरु मात्रै अन्य समुदायका नागरिकहरुसंग बोल्थे । हाल यो समुदायका महिला र बालबालिकाहरु पनि खुलैरै बोल्ने, गित गाउने र आफ्ना अनुभव साटासाट गर्नमा उद्धत हुने गरेका छन् ।

गुराँस गाउँपालिकाको अगुवाईमा पहिलो पटक राउटेले परिचय–पत्र वितरण गरेपछि उनीहरु अन्य समुदायसंग झन नजिक हुन थालेका छन् । कतिपय राउटे अगुवाहरु नै आफ्नो स्थायी ठेगाना गुराँस गाउँपालिका भएको बताउँछन् । जंगलमा शिकार नपाइने, कन्दमुल, फलफूल र अन्य वनस्पति समेत अप्रयाप्त बन्दै गएपछि अन्य जाति सरहको रहनसहनमा रमाउँदा खुसी लाग्ने राउटे समुदायका मुखिया सूर्यनारायण शाही बताउँछन् । ‘वर्षौंदेखी जंगलमै हाम्रा पुर्खाले जीवन बिताए हामी पनि त्यसरी नै जान्या हो’ राउटे मुखिया शाही भन्छन्, ‘हाम्रो पुस्ता विस्तारै अन्य जाति जस्तै रमाउन र खान सिक्यो । हाम्रा छोरा नाती त तपाईँ जस्तै भैसक्लान त ।’ जंगल नै सबथोक मान्ने राउटे आफ्ना जनता अन्य समुदायसंग रमाउँदा राउटे मुखिया खुसी छन् । ‘अहिल्यै पढ्न नजाम्ला, तपाइँका जस्ता कपडा नलाउम्ला तर विस्तारै–विस्तारै तम्रा जस्तै कपडा लाउन्या हुम्’ राउटे मुखिया शाही भन्छन् ।  

वर्षौंदेखी जंगलमै फिरन्ते जीवन बिताउने राउटे समुदायलाई एकै पटक स्थायी बासिन्दा बनाउन नसकिने निष्कर्ष सरोकारवालाको छ । तर उनीहरुसंग नजिकीदै नाच्न, खाना खान, सरसफाई गर्न र बालबालिकासंग खेल्दै सिकाउने अभियानमा सरोकारवाला निकाय जुटिरहेको छ । प्रदेश पाँचको दाङ, कर्णालीका सुर्खेत, सल्यान, दैलेख र प्रदेश सातका अछाम जिल्लाका जंगलहरुमा यो जाति फिरन्ते जीवन बिताउँदै आएको छ । गुराँस गाउँपालिकाले उनीहरु बस्ती सरेको ठाउँमै पुगेर भत्ता वितरण गर्दै आएको छ । प्रदेश सरकार, स्थानीय तह र गैर–सरकारी संस्थाको साझा उदेश्य पनि जंगलमा हुने विभिन्न खालका संक्रमणले जाती नै लोप हुने खतरामा रहेकाले राउटेको जीवन्त बचाउन र उनको संस्कृतिसहितको पहिचान झल्कने स्थायी घरमा बसोबास गराउनु हो । हाल सुर्खेतको लेकवेशी नगरपालिका–१ रातेखोलामा बस्ती सरेको राउटे जातीको संख्या १४५ जना छन् । ६ महिना अघि मात्रै यो जातिको संख्या १५६ जना थियो ।


राउटे बस्तीमा पुगेरै सामाजिक विकास मन्त्रालयले स्वास्थ्य शिविरमा सञ्चालन गरेको छ । शिविरमा कर्णाली प्रदेश अस्पतालका डा. लोकेन्द्र थापासहितको टोलीले राउटेहरुको स्वास्थ्य परिक्षण गरेको छ । राउटे बालबालिकमा कुपोषण तथा सुकेनासको लक्षण देखिएको डा. थापाले जानकारी दिए । उनले अन्यमा भने दम, छातीमा समस्या र चोटपटक भएको पाइएको बताए । मासिम रुपमा कम्तिमा दुई पटक उहाँहरुको लागि चेकजाँच गर्न शिविर सञ्चालन आवश्यक रहेको समेत थापाको भनाई छ । मन्त्रालयले कोट, जुता, चामल, प्रिम्याट र बालबालिकाहरुका लागि खेलौना वितरण गरेको छ । गुराँस गाउँपालिकाले दुई हजारका दरले १४५ जनालाई दुई लाख ९० हजार मासिक भत्ता समेत दिएको  छ ।  

‘आधुनिक समाजसंग नजिक गराउँछौं’

डा. मानबहादुर विके | सचिव, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश 


राउटे समुदायलाई एकै पटक स्थायी घरमा ल्याउन सकिदैन् । किनकी वर्षौंदेखी उहाँहरु जंगलमै बस्दै आउनु भएको छ । उहाँहरु तत्कालै स्थायी ठाउँमा घर बनाएर बस्न मान्नु हुँदैन् । तर हामी उनीहरुसंग नजिक भएर उहाँहरुलाई सामाजिकीकरण गर्ने अभियानमा जुटिरहेका छौं । सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबार मात्रै हामीले लेकवेशी नगरपालिका–१ रातेखोलामा रहेको राउटे बस्तीमै पुगेर सामुहिक भोजन र स्वास्थ्य चेकअप ग¥यौं । उहाँहरुसंगै नच्यौं, रमायौं र औषधी खानुपर्छ भन्ने सन्देश दिएर औषधी पनि खुवायौं । मन्त्रालयको उदेश्य उहाँहरुलाई आधुनिक समाजसंग घुलमिल गराएरै स्थायी घरमा ल्याउनु हो । जंगलमा बस्दा अप्रयाप्त खाना र सरसफाईमा ध्यान नदिँदा विभिन्न संक्रमण भएको पाएका छौं । उहाँहरुको जीवन्त बचाउँन मन्त्रालयले नीति नै बनाएको छ । आगामी दिनमा पनि उहाँहरुको नियमित चेकजाँच गर्ने र रेखदेखका लागि कार्यविधि बनाएर अघि बढ्ने तयारीमा छौं ।   

‘रेखदेखका लागि कर्मचारी खटाएका छौं’

हिरासिंह थापा | अध्यक्ष, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख


राउटसंगै भएर काम गर्न लागेको ६ महिना भयो । त्योभन्दा अघि छिटफुट मात्रै काम गथ्र्यौं । उहाँहरुलाई सामाजिकरणमा ल्याउन गाउँपालिकाको समन्वयमा परिचय–पत्र वितरण गरिसकेका छौं । उहाँहरुको बस्ती जहाँ गएपनि हामीले दुई जना कर्मचारी खटाएका छौं । स्वास्थ्यसम्वन्धी काम गर्ने अहेव र पढाउन शिक्षिका नै उहाँको बस्तीमा खटाएका छौं । महिलाले राउटे महिला तथा बालबालिकासंग नजिक भएर अक्षर चिन्न सिकाउने र सरसफाई गर्नुपर्छ भन्ने सिकाउनुहुन्छ । हामी उहाँहरुसंगै दुई वर्षसम्म काम गर्नेछौं । समस्या परेका बेला आवश्यक सामग्री जुटाइदिने गरेका छौं । हाम्रो उदेश्य भनेकै दुई वर्षसम्म राउटे बालबालिकाहरुलाई नाम लेख्न सक्नाउन सिकाउने, सामाजिक र समावेशीकरण गर्दै स्थायी बसोबासमा ल्याउने नै हो । यति मात्र हैन उहाँहरुको संस्कृती जगेर्ना गर्दै एकठाउँमा स्थायी बसोबास गर्ने कार्यमा पनि हामी लागि परेका छौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी