पुस २३, बुटवल | दाङको तुल्सीपुरमा केही समययता यौनधन्दा सञ्चालन गर्दै आएका एक होटल व्यसायी दम्पत्ती पक्राउ परेका छन् ।
तुल्सीपुर नगरपालिका १४ घर भइ सोही नगरपालिका ५ न्युरोडस्थित न्यु फुलवारी होटल सञ्चालन गर्दै आइरहेका थुमलाल चौधरी र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो ।
युवतीहरुलाई ललाई फकाई र करकापमा समेत पारेर जबर्जस्ती यौनधन्दा चलाएको आरोपमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तुल्सीपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी चौधरी दम्पत्तीलाई मानव वेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गतको कशुरमा मुद्धा चलाईएको छ । प्रहरीका अनुसार ती दम्पत्तीले युवतीहरुलाई ललाई फकाई र प्रलोभनमा पारेर बाहिर पनि पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।