२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

हिमपातका कारण डोटीसहित ३ जिल्लामा विद्युत् सेवा अवरुद्ध

२०७५, २३ पुष सोमबार १०:३०

 विमलबहादुर विष्ट | पुस २३, डोटी | गएरातिदेखि परेको हिमपातका कारण डोटीसहित अछाम, र बाजुरामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ । 

दिपायलस्थित विद्युत् सवस्टेसनका प्रमुख भोजबहादुर स्वाँरका अनुसार बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सञ्चालनका लागि दिपायलबाट टोली खटिए पनि अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन नसकिएको बताइएको छ । 

हिमपातले विद्युत्का तार र रुखसमेत ढाकेकाले अबरुद्ध भएको ठाउँ पत्ता लागउ नै सकिएको छैन, सवस्टेसन प्रमुख स्वाँरले भन्नुभयो । आइतबार रातिदेखि डोटीका उच्च लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यहाँका बासिन्दाको जनजीवन प्रभावित भएको छ । खप्तड, गोलादेउ, नापानी, चर्केको लेक, शिखरधुरा, बडिकदेरा धुरालगायत ठाउँमा बाक्लो हिमपात भएको स्थानीय बासिन्दाले जनाए । 

त्यस्तै अत्तरिया स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा पनि हिमपात भएका कारण सवारी साधन आवतजावतमा समस्या भएको बुडरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्लाका उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीय बासिन्दा घर बाहिर निस्किन सकेका छैनन् भने गाईबस्तुसमेत गोठभित्रै थुनिएको नापानीका जगत बोगटीले फोनमार्फत जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हिउँले डाँडाकाँडा र जङ्गल छपक्क ढाकेको छ गाईबस्तुसमेत बाहिर निकाल्न सकेका छैनौँ ।” जिल्लाका उच्च लेकाली क्षेत्र अर्थात् पानी नभएका ठाउँमा हिमपात भएपछि हिउँदेबाली सप्रिने भएकाले किसान भने खुशी छन् । हिमपातका कारण चिसो बढेकाले आफ्नो स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । 

भरुवा बन्दुकसहित पक्राउ 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान गाउँपालिका–५ कन्के ढुङ्गा बस्ने ४५ वर्षीय एक होटेल व्यवसायी वीरबहादुर मगरलाई दुई थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । 

मगरले सञ्चालन गरेको होटेलमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त बन्दुक फेला परेकाले उनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले बताउनुभयो । 

प्रदेश सभामुख र उपसभामुखका लागि करोडाँैका गाडी खरीद 

सुदूरपश्चिम प्रदेशका सभामुख र उपसभामुखका लागि करोडौँको लगानीमा नयाँ गाडी खरीद गरिएको छ । प्रदेशसभा सचिवालयले रू एक करोड ४० लाख १० हजारमा सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला जोशी बडालका लागि दुई गाडी खरीद गरेको होे । 

सचिवालयको लेखा शाखाका अनुसार सभामुख थापाका लागि ८४ लाख ४५ हजारमा महिन्द्रा कम्पनीको गाडी र उपसभामुख बडालका लागि ५५ लाख ६५ हजारमा स्कारपियो गाडी खरीद गरिएको छ । 

त्यस्तै प्रदेशसभा सचिवालयका लागि पनि ५५ लाख ६५ हजारमा स्कारपियो गाडी खरीद गरिएको छ । तीनवटै गाडी खरीदमा रु एक करोड ९५ लाख ७५ हजार खर्च भएको लेखा शाखाले जनाएको छ । 

सभामुख अर्जुनबहादुर थापा तथा उपसभामुख निर्मला जोशीले यसअघि प्रयोग गर्दै आएको गाडी बिग्रिएकाले मर्मतसम्भार भइरहेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा