पढ्न करिब 1 मिनेट लाग्छ

पुस २३, रोल्पा | रोल्पाको लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ | दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् ।

सुलिचौरबाट सिर्पका लागि छुटेको आशीर्वाद यातायात प्रालिको बा १ ख ५५२१ नम्बरको बस जुतुङखोलाको उकालो घुम्तीमा चिप्लिएर दुर्घटना हुँदा स्वर्गद्धारी नगरपालिका–५ सारी प्यूठानका २४ वर्षीय चालक नवराज आले र लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलाका ११ महिने बालक नितेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीमा ३० जना सवार रहेकोमा अन्य २३ जना घाइते भएको र तीमध्ये २ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

गम्भीर घाइतेहरुको उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र २१ जनाको सुलिचौरमा उपचार भएको प्रहरीले जनाएको छ ।