2026-09-14 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा स्थानीय तहबाटै शिक्षक भर्ना

पुस २४, परासी | पश्चिम नवलपरासीका स्थानीय तह आफैँले शिक्षक भर्ना गरेका छन् । 

सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न संविधानले दिएको अधिकार प्रयोग गर्दै शिक्षक भर्ना गरिएको स्थानीय तहले जनाएका छन् । सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाले शिक्षक भर्ना गरिसकेका छन् भने पाल्हीनन्दन गाउँपालिकाले भर्नाका लागि दरखास्त आह्वान गरेको छ । रामग्राम नगरपालिकाले शिक्षक भर्नाका लागि सूचना प्रकाशन गर्ने तयारी गरेको छ । 

शिक्षक अभाव भएपछि सुस्ता गाउँपालिकाले २० शिक्षकलाई करारमा भर्ना गरेको छ । विद्यार्थी सङ्ख्याअनुसार शिक्षक नहुँदा अध्यापन कार्य प्रभावित भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउन विद्यालयलाई समस्या भएको छ, पठनपाठन सहज बनाउन शिक्षक भर्ना गरिएको हो ।” 

प्रतापपुर गाउँपालिकाले शिक्षा अनुदान कोटाबाट मिलान गर्ने गरी तीन शिक्षक करारमा भर्ना गरेको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले जानकारी दिनुभयो । पाल्हीनन्दन गाउँपालिकाले १२ स्वयंसेवक शिक्षक करारमा भर्ना गर्ने गरी दरखास्त आह्वान गरेको छ । रामग्राम नगरपालिकाले करारमा स्वयंसेवक शिक्षक भर्ना गर्ने तयारी गरिरहेको नगरपालिकाका सूचना अधिकारी एवं शिक्षा शाखा प्रमुख तोयनाथ लम्सालले जानकारी दिनुभयो । 

नेपालको संविधानले विद्यालयको अनुमति, नवीकरण, त्यसको स्थानान्तरण, व्यवस्थापन, विद्यालय व्यवस्थापन समिति गठनलगायत स्थानीय तहको समग्र नीति योजना कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने गराउने, अनौपचारिक शिक्षाका काम, पूर्वप्राथमिक बालविकास केन्द्रको सञ्चालन, निरक्षरता उन्मूलनलगायतका काम स्थानीय तहले गर्न पाउने गरी अधिकार दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ