२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

२४ पुष २०७५, मंगलवार ०६:५३

 पुस २४,भीमदत्तनगर |  गत भदौदेखि नयाँ मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएसँगै कञ्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । 

विगतको भन्दा तुलनात्मकरूपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको कञ्चनपुर जिल्ला अदालत महेन्द्रनगरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो । अदालतमा सम्बन्ध विच्छेदका ४९ मुद्दा दर्ता भएका छन् जसमा २५ मुद्दा पुरुषले दर्ता गरेको अदालतले जनाएको छ । पुरानो मुलुकी ऐन विस्थापित भएर नयाँ मुलुकी देवानी संहिता ऐन लागू भएयता सम्बन्ध विच्छेदका लागि पुरुष पनि अदालत धाउन थालेका छन् । 

नयाँ कानून लागू भएपछि अन्य प्रकारका मुद्दामा कमी आएको छ भने सम्बन्ध विच्छेदका मुद्दा बढेको कञ्चनपुर जिल्ला अदालतले जनाएको छ । उहाँका अनुसार नयाँ कानून लागू भएसँगै पुरुषले आफ्नो हक प्रयोग गर्दै सिधै अदालतमा मुद्दा दर्ता गर्न पाउने भएका कारण सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको बताउनुभयो । गत आर्थिक वर्ष २०७४/०७५ सम्बन्ध विच्छेदका ४३ मुद्दा दर्ता भएका थिए । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो