2026-09-14 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदीगाउँपालिकामा चोरीगर्ने गिरोह पोखरामा पक्राउ

पर्वत– जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतकै मोदी गाउँपालिकाको एक घरमा चोरी गरेर फरार रहेकाहरुलाई पोखराबाट पक्राउ गरेको छ । गएको पुष ६ गते राती मोदी गाउँपालिका २ पातिचौरस्थित सुविना ढकाल चापागाईँको घरमा चोरी गरेका ४ जनालाई पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

   पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा पर्वतकै पर्वत मोदी गाउँपालिका ३ घर भई हाल कास्की वस्ने राजेश वि.क, रुकुमको उत्तरगंगा गाउँपालिका ४ बस्ने वावु वुढामगर, कास्कीको पोखरा लेखनाथ महानगरपालिका १३ वस्ने रन्जुकुमार सुनार र सुन्दर विक रहेका छन् ।

   उनीहरुले चापागाईको घरमा रहेको दराज फोडी दराज भित्र राखिएको डेढ तोलाको सुनको माला एउटा, दुई तोलाको सुनको वाला एउटा, सुनको औँठी एउटा, २ ओटा घडी, २ ओटा पन्चरत्ने वाला र नगद ६४ हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।   पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानपछि पर्वत जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ