2026-09-04 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मादक पदार्थको सेवन गर्ने १ सय १६ नेपाली युएईमा पक्राउ

पुस २४, काठमाडौँ | मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । 

आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महिनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झैझगडाका कारण ११६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ । 

त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा रहेका छन् । साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा १२, कार्यस्थलमा अवरोध, विरोध गर्ने अभियोगमा १० र परस्त्रीगमनमा संलग्न भएको अभियोगमा आठ नेपाली काराबासमा सजाय भुक्तान गरिरहेका छन् । 

फर्जी चेक, काजगपत्र, हस्ताक्षरलगायत अन्य कागजपत्र किर्ते काममा संलग्न सात, लागुऔषधको प्रयोग र तस्करीमा संलग्न पाँच र अन्य कानूनले वर्जित गरेका गतिविधिमा संलग्न भएको अभियोगमा २२ नेपाली कैदमा रहेका दूतावासले जनाएको छ । बाइस नेपाली गलत व्यवहार, अवैध बसोवास, भौतिक सम्पत्ति तोडफोडलगायतमा संलग्न भएका थिए । 

दूतावासका अनुसार १८८ पुरुष र १२ महिला कारागारमा रहेका छन् । सारजाह सेन्ट्रल कारागारमा सात पुरुष र तीन महिला, दुवई सेन्ट्रल कारागारमा ६४ पुरुष र चार महिला, अलअथ्वा सेन्ट्रल कारागारमा ९४ पुरुष र चार महिला तथा अजमान सेन्ट्रल कारागारामा चार पुरुष कैद सजाय भुक्तानका क्रममा रहेको दूतावासले जनाएको छ । 

रसअल खैइमा सेन्ट्रल कारागारमा चार पुरुष, फुजेरा सेन्ट्रल जेलमा पुरुष र महिला गरी एक÷एक तथा अल अइन कारागारमा १४ पुरुष कैद भुक्तानका क्रममा रहेका छन् । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ