१५ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा महिलाले चन्दा सङ्कलन गरेर सामुदायिक भवन निर्माण

२५ पुष २०७५, बुधबार ०७:४९

  पुस २५, पर्वत | यहाँको एक विकट गाउँका महिलाले चन्दा सङ्कलन गरेर सामुदायिक भवन निर्माण गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा क्रियाशील ‘जय माँ आमा’ समूहको सक्रियतामा महिलाले आयआर्जन क्रियाकलाप, तालीम, गोष्ठीलगायत समाजमा हुने विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि ठूलो धनराशि जुटाएर भवन निर्माण गरेका हुन् । 

सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायिक भवन निर्माण गरिएको जय माँ आमा समूहका अध्यक्ष रथ्नकुमारी गुरुङले जानकारी दिनुभयो । 

स्थानीयवासीले दुलुङको काफ्लेचौर परिसरमा रु २६ लाख ५० हजारको लागतमा सभाहलसहितको सामुदायिक भवन निर्माण गरेका हुन् । सो भवन निर्माणका लागि कुश्मा नगरपालिकाले रु सात लाख १० हजार र वडा कार्यालयले रु एक लाख विनियोजन गरेको थियो । 

सरकारी अनुदानबाहेक स्थानीयस्तरमा थप रु २६ लाख ५० हजार जुटाएर भवन निर्माण सम्पन्न गरेको भवन निर्माण समितिका संयोजक प्रितम गुरुङले जानकारी दिनुभयो । भवन नहुँदा समाजमा हुने स्थानीयस्तरका कार्यक्रम सञ्चालन गर्न निकै समस्या हुँदै आएको थियो । ‘कुनै पनि विवाह, व्रतबन्ध, सामूहिक भेला आयोजना गर्न समस्या परेका बेला उक्त भवन निर्माण भए पनि धेरै सहज हुने भएको छ । 

भवन निर्माण गर्न विदेशमा पुगेका दुर्लुङवासीले पनि आर्थिक सहयोग गरेका थिए । भवनमा करीब ६०० जनासम्म अट्न सक्छन् । भवन निर्माणपछि महिलालाई सीप प्रदान गर्ने तालीम, गोष्ठी र बैठक सञ्चालन गर्न खुला चौर, व्यक्तिका घर तथा विद्यालयमा पुग्नुपर्ने समस्याको अन्त्य भएको वडा अध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिनुभयो । 

उक्त भवनको प्रतिनिधिसभाका सांसद लालकाजी गुरुङले उद्घाटन गर्नुभएको छ । सो अवसरमा गुरुङले आर्थिक उपार्जनमा लाग्न स्थानीयवासीलाई महिलालाई सुझाव दिनुभएको छ । महिलालाई आयआर्जनका काममा सक्रिय रहनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

विसं २०७४ मा निर्माण थालिएको भवन हालै निर्माण सम्पन्न भएको हो । उक्त भवन निर्माणका लागि ८४ पूजाको अवसरमा स्थानीयवासी नारायणप्रसाद गुरुङले पाँच रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल : उद्घाटन खेलमा विराटनगर किङ्स ब्याटिंग गर्दै राजनीतिका नयाँ अनुहार लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल हुन् : प्रचण्ड छेन्दुमा मन्त्री राणाको प्रतिबद्धता: नेपालमा चीन विरोधी गतिविधि हुने छैन् सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता तारकेश्वरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु जसपा नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन दिवङ्गत पितृका नाममा पशुपतिनाथलगायत शिवालय क्षेत्रमा शतबीज छरियो (फोटो फिचर) क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? आज काठमाडौंका यी स्थानमा बिजुली काटिने परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै एनपिएलको उद्घाटन खेलमा आज जनकपुर र विराटनगर भिड्दै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना यी हुन् रामेछाप जिप दुर्घटनाका मृतक र घाइते असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल जनकपुर बोल्ट्सले अनिल साहलाई सुम्पियो कप्तानी, अरु ७ टोलीमा मार्की खेलाडी नै कप्तान दुर्गा प्रसाईंले लरेन्स विश्वोईको नाममा व्यवसायी धम्क्याउन सहयोगी खटाउने गरेको खुलासा रामेछाप दुर्घटना: चारको मृतकको पहिचान खुल्यो (अपडेट) रामेछाप जिप दुर्घटना: थप एक जना मृतकको पहिचान खुल्यो ६ घण्टा बयान गराएर रविलाई हिरासत फर्काइयो, आइतबार पुनः बयान हुने