२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा एकिकृत घुम्ती शिबिरबाट ४७ सय बढिले सेवा लिए

२५ पुष २०७५, बुधबार १३:२५

कमल रावल | पौष २५, अछाम | अछामको रामारोशन गाउपालिकामा ३ दिनसम्म संञ्चालन भएको बृहत एकिकृत घुम्ती शिबिरमा स्थानीय नागरिकले बिशेषज्ञ सहितको स्वास्थ्य सेवा सहित नेपाली नागरिकता लगायत सम्पूर्ण सरकारी सेवा लिएका छन । शिविरमा बाट ४ हजार ७ सय ९३ जनाले सेवा लिएका हुन ।

पौष २२ गतेदेखि २४ गतेसम्म गाउँपालिकाको केन्द्र मुजाबगरमा सञ्चालन भएको शिबिर रामारोशन गाउपालिका र सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयको सयुक्त आयोजनामा भएको हो । शिविरको संयोजन सुदुरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको थियो ।

३ दिनसम्म सञ्चालन भएको शिबिरमा ३ सय ८७ जनाले नेपालि नागरिकता प्राप्त गरेका छन भने २१ जनाको अपागंता परिचयपत्र सिफारिस गरिएको छ । यस्तै ३५१ जनाको फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता, ३७२ कृषकका पशु बस्तुहरुको उपचार, १५५ कृषकको कृषि बालि प्रर्दशनी ४६३ कृषकलाई बिभिन्न कृषि बिउविजन वितरण, ४७२ कृषकलाई कृषि  परामर्श सेवा, २२९ जनालाई बहुक्षेत्रिय पोेषण योजना अन्र्तगत पोषण परामर्श र २१ वटा घरेलु तथा साना उद्योग दर्ता गरिएको गाउँपालिकाले जनाएको छ ।


यसैगरि बिशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविरमा जम्मा २ हजार २२१ जनाले स्वास्थ्य उपचार गराएका छन । जसमा ३७७ जनाले भीडियो एक्सरे सेवा, ४३७ जनाले हाडजोर्नी र नसा सम्वन्धि उपचार, ३१७ जनाको नाक, कान घाँटी र दन्तरोग सम्वन्धि उपचार, ३६७ जनाको स्त्रीरोग सम्वन्धि उपचार, १९० जनालाई प्रयोगशाला तथा ल्याव सेवा, सामान्य उपचार तर्फ ४८८ जना र १४५ जनाले आयुबेर्दी उपचार सेवा लिएको रामारोशन गाउँपालिकाका सूचना प्रबिधि अधिकृत बुद्धि बहादुर साउदले जानकारी दिए ।


गाउँपालिकामा बृहत शिबिर संञ्चालन गरेपछि नागरिकहरुले दुर्गममा पहिलो पटक बिशेषज्ञ सहितको निशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाएको गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदले बताए । विशेषगरी महिला, वृद्धबृद्धा र गरीबदुःखीहरुका लागि स्वास्थ्य समस्याको पहिचान, पहिचान भएका रोगहरुको निदानका लागि शिविर प्रभावकारी भएको अध्यक्ष साउदले बताए । शिविरबाट स्वास्थ्य सरसफाई, सरकारी सेवा प्रवाह, पोषण अवस्था सुधारका विषयमा महत्वपूर्ण उपलब्धि हासिल भएको उनले बताए ।  

शिविरबाट जटिल खालका रोगहरु पहिचान भई कतिपय विरामीहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा रेफर समेत गरिएको बताईएको छ । शिविरको उदघाटनका लागी सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी र आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा, प्रदेशका प्रमुख सचिव नारायण प्रसाद बिडारी सहित कर्मचारी र बिशेषज्ञ डाक्टरहरुको टोलि मुजाबगर पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य