Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सरकार र उखु व्यवसायीबीच सहमति

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस २६, महोत्तरी | सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न चिनी उद्योगी सहमत भएका छन् ।

बुधबार साँझ महोत्तरीको बर्दिवासमा सम्पन्न भएको किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि प्रतिक्विन्टल रु ५३६ दरले उखु खरीद गर्नका लागि उद्योगी तयार भएका हुन् । उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार चिनी उद्योगीले तत्कालै चिनी मिल सञ्चालन गर्ने, किसानसँग उखु खरीद गरेको ४५ दिनभित्रमा किसानलाई उखुको रकम भुक्तानी गर्ने र उद्योगसँग मौज्दात रहेको चिनी नेपाल सरकारलाई खरीद गर्न आग्रह गर्ने सहमति भएको हो ।

सरकारले चालू आर्थिक वर्ष २०७५-७६ का लागि उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल रु ५३६ निर्धारण गरेको छ । आजको छलफलमा १४ वटा चिनी कारखानामध्ये १२ वटा चिनी कारखानाका सञ्चालक र किसानका प्रतिनिधिको सहभागिता रहेको थियो ।

उद्योगीले यसभन्दा अघि सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न नसक्ने अडान राखेपछि किसान अन्यौलमा परेका थिए । यता पुसको तेस्रो साता बिति सक्दासमेत चिनी कारखाना सञ्चालन नभएपछि उखु खेतमै सुक्न थालेकाले उखु किसान चिन्तित रहेका छन् ।

विद्यार्थी टिकाउनको लागि दिवा खाजाको व्यवस्था

सामुदायिक विद्यालयमा ससाना विद्यार्थी टिकाउनको लागि गौशाला नगरपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ ।

नगरपालिकाको ३२ वटै सामुदायिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिउँसोको समयमा दिवा खाजाको प्रबन्ध गरेको हो ।

विद्यालयमा दिवा खाजाको व्यवस्था भएपछि बालबालिकामा स्वास्थ्य एवं पोषणमा सुधार हुनुको साथै शिक्षामा लक्षित समूहको सुधार र नियमित रुपमा विद्यालय आउने बानी बस्ने नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो ।

सरकारी अनुदान वापत आउने प्रतिविद्यार्थी रु १५ का दरले वार्षिक रुपमा १८० दिन विद्यालयमा दिवा खाजाको व्यवस्था मिलाइएको छ । दिवा खाजाको व्यवस्था यही पुस २६ गतेदेखि गर्न लागेको नगरपालिका स्रोतले जनाएको छ । रासस |