2026-09-14 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

गाउँमै नागरिकता र चिकित्सा सेवा

पुस २७, बाजुरा | खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन् । सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयवासीले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका हुन् । 

शिविरबाट ५५९ जनाले नागरिकता बनाएका छन् । जसमा महिला ३२५ र पुरुष २२४ रहेका छन् । आर्थिक अभावले सदरमुकाम मार्तडी आउन नसकेका, उमेरले नेटो काटिसकेका तथा १६ वर्ष उमेर पूरा गरेका युवायुवतीले गाउँमा शिविर सञ्चालनपछि उत्साहपूर्वक सेवा लिएका हुन् । 

शिविरबाट ७० वर्षकी खिरीदेवी बुढा, ६९ वर्षकी किर्मुली बुढासहित वृद्धवृद्धाले पनि सेवा लिएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो । नागरिकता बनाउनेमध्ये गाउँपालिकाको ५ नं वडाका स्थानीयवासी बढी छन् । 

नागरिकता बनाउन सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ल नेतृत्वको टोली खटिएको थियो । 

यस्तै शिविरबाट ५८१ जनाले फोटोसहितको मतदाता नामावली बनाएका छन् । जसमा ३४८ महिला र २३३ पुरुष छन् । यसैगरी शिविरमा ६९२ जनाले चिकित्सा सेवा पनि लिएका छन् । 

तीमध्ये महिला ४६६, पुरुष २२६ रहेका छन् । शिविरमा ३२६ जनाले भिडियो एक्सरे गराएका छन् । भिडियो एक्सरे गराउनेमध्ये २८९ महिला र ४७ पुरुष छन् । 

सेवाका लागि डा रुपचन्द्र विश्वकर्मा, डा टीका राई, हेल्थ असिस्टेन्ट रमेशबहादुर ओलीसहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो । गाउँमै चिकित्सक सेवा सञ्चालन गरिएपछि स्थानीयवासीको शिविरमा उत्साहजनक सहभागिता रहेको थियो । पुस २३ र २४ गते दुईदिने शिविरमा उल्लेख्य सहभागिता भएपछि २५ गते थप एक दिन शिविर लम्ब्याइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले