Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

कुखुरामा रानीखेत रोगको प्रकोप

२०७५, २७ पुष शुक्रबार ०६:५३

पुस २७, डोटी | कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखौको क्षति भएको छ । 

जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा डिल्लीराज भट्टले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा रहेका लेयर्स जातका ७०० कुखुरा रोगका कारण मरेका छन् । रु १२ लाख खर्च गरी सञ्चालन गर्दै आउनुभएका भट्टको पोल्टी फार्ममा कुखुरामा प्रकोप देखिएको हो । 

कुखुरा झोक्राउने, टाउको घुमाउने, मुखबाट फिँज फाल्नेजस्ता लक्षण देखिएको भट्टले जानकारी दिनुभयो । यस्तो लक्षण देखिएको करीब दुई घण्टाभित्रै कुखुरा मर्ने गरेका छन् । 

अण्डा उत्पादन गर्नका लागि पालन गरिएको कुखुराले तीन महीना पहिलेदेखि मात्र अण्डा दिन थालेको थियो । करीब १८ महीनासम्म अण्डा दिने कुखुरा मरेपछि भट्ट चिन्तित बनेका छन् । एउटा खोरमा रहेका एक हजार कुखुरामध्ये करीब ३०० कुखुरा मात्र बाँकी रहेको भट्टले बताउनुभयो । 

रोगको आक्रमण भएपछि कुनै उपचार सम्भव नभएको पशु चिकित्सकले बताएका छन् । पुन्ना क्षेत्रमा मात्र अन्य व्यवसायीले पनि कुखुरापालन गरी रहेकाले सावधानी अपनाउनका लागि पशु सेवा एकाइले सबैमा आग्रह गरेको छ । 

रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी