2026-06-19 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा १ सय भन्दा बढी नेपाली कामदार अलपत्र, नेपाल फर्काइदिन अपिल

पुस २७,काठमाडौं । वैदेशिक रोजगारीका लागि युएईको आबुधाबी रहेका १ सय भन्दा बढी नेपाली कामदार अलपत्र परेका छन् । सन हिल्स ओभरसिज सर्भिसेज प्रालिबाट रोजगारीका लागि युएईको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा गएका उनीहरुलाई कम्पनीले वेवास्ता गरेपछि अलपत्र परेको पीडितहरुले बताएका छन् । 

उक्त कम्पनीमा कार्यरत कामदारहरुले तोकिएको तलव लगायत सेवा सुविधा नपाएको बताएका छन् । म्यानपावर कम्पनीले उद्धार गर्न कुनै पहल र सहयोग नगरेको कारण आफूहरुको अवस्था दयनीय बनेको पीडितहरुले बताएका छन् । अलपत्र कामदारहरुका अनुसार उक्त कम्पनीको जोर्डनी सञ्चालक कामदारको तलव तथा अन्य सुविधा नदिई अलपत्र पारेर भागेका छन् । कम्पनी सञ्चालक भागेपछि कामदारहरुलाई खान बस्नको समस्या परेको बताएका छन् । हाल उनीहरुले प्रयोग गर्दै आएको पानी र बिजुलीको लाइन समेत काटिएकोले समस्या थपिएको बताएका छन् ।

अलपत्र परेका कामदारलाई भारतीय दूतावासले सहयोग गरी खाना खुवाएको पीडितहरुले बताएका छन् । अलपत्र पर्नेहरुमा करिव १८ महिनादेखि झन्डै ५ वर्षसम्म काम गरेको कामदार रहेको पीडितहरुले बताएका छन् । अधिकांशले कामदारले ९ महिनादेखि तलब नपाएको कारण तलब बिना नेपाल फर्कन पनि नसकेको बताएका छन् । उनीहरुले आफुले पाउनुपर्ने तलब उपलब्ध गराई छिटो भन्दा छिटो नेपाल फर्कन पाउने व्यवस्था गरिदिन सरकारको ध्यानाकर्षण गराएका छन् । अलपत्रमध्ये कतिपय कामदारको राहदानी साथमा नभएको बताएका छन् भने कतिपयको भीषा म्याद सकिएर अवैध बनेको बताएका छन् । पीडितहरुले नेपाली दूतावासमा समेत उजुरी दर्ता गराईसकेको बताएका छन् । 

म्यानपावर कम्पनीले आफुले पठाएका कामदारहरुमा समस्या आएको स्वीकार गरेको छ। म्यानपावर कम्पनीले सन् २००९ देखि उक्त कम्पनीमा कामदार पठाउँदै आएको तर यस अघि कुनै समस्या नरहेको बताएको छ। पीडितहरुको समस्या समाधानको लागि म्यानपावर संचालक सूर्य अधिकारी स्वयं आज बेलुकी यूएई जान लागेको म्यानपावरले साझा सवाललाई जानकारी दिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले