2026-09-14 09:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिसेफ महिला समुहलाई अनाथ बालबालिकाको चिन्ता, न्यानो कपडा वितरण

पर्वत । सिसेफ महिला समुहले विभिन्न कारणले विद्यालयबाट बाहिर रहेका  बालबालिकालाई न्यानो कपडा, शैक्षिक समाग्री तथा खाजा वितरण गरेको छ ।

विहिबार एक कार्यक्रमको आयोजना गरी उक्त संस्थाले शिवालय मावि कुश्मामा अध्ययनरत सडक बालबालिकाहरुलाई न्यानो कपडा, शैक्षिक समाग्री र दैनिक खाजाको व्यवस्था गरेको हो ।  १७ जना बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।

कुश्मा नगरपालिका ५ की वडा अध्यक्ष चित्रकला भारतीको आथित्यतामा भएको कार्यक्रममा बोल्दै उनले संस्थाले गरेको कामको प्रशंसा गरिन् । साथै भारतीले नगरपालिकाबाट हुने सहयोग आफूले उपलब्ध गराउने प्रतिबद्धता समेत जनाईन् ।


महिलाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकासको क्षेत्रमा काम गर्दै आएको संस्थाले सामाजिक, मानवीय क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।


कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष राजेन्द्र पहाडी, सिसेफ नेपालका संस्थापक अध्यक्ष टंकनाथ आचार्य, अर्जुन पौडेल निर्जन, विद्यालयका शिक्षक लेखनाथ उपाध्यय, विव्यस अध्यक्ष इश्वर गिरी लगायतले बोलेका थिए ।


संस्थाकी अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत् उपाध्यक्ष पवित्रा श्रेष्ठ(टिका) र संचालन सचिव कामना रेग्मीले गरेकी थिइन् । कार्यक्रममा धन्यबाद मन्तव्य संस्थाकी संस्थापक अध्यक्ष सरस्वती बस्नेतले राखेकी थिइन । संस्थाले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

तस्वीर ; कामना रेग्मीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ