२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

गलेश्वर आश्रमका वृद्धवृद्धालाई न्यानो कपडा वितरण

२९ पुष २०७५, आईतवार ०६:४३

 पुस २९, गलेश्वर |  म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई शनिबार सौन्दर्य कला व्यवसायी सङ्घ र लायन्स क्लब अफ बेनी महारानीले न्यानो कपडा वितरण गरेको छ । 

सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा वृद्धवृद्धालाई पछ्यौरा, मफलर र ओँठमा लगाउने लिपगार्ड हस्तान्तरण गरिएको हो । 

सोही अवसरमा लायन्स क्लब बेनी महरानीले समेत आश्रमका ज्येष्ठ नागरिकलाई पञ्जा र मोजा वितरण गरेको थियो । घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर लायन्सले विगतमा समेत सहयोग गरेको क्लबकी अध्यक्ष हीरा पौडेलले बताउनुभयो । 

दुवै संस्थाले प्रतिसंस्था रु १५ हजार मूल्य बराबरका न्यानो कपडा सहयोग गरेका थिए । आश्रममा रहेका वृद्धवृद्धासँगै मन्दिरको दर्शन गर्न आएका भक्तजनलाई समेत आवश्यक परेमा निःशुल्क भोजनको सुविधा रहेको बताउँदै सामाजिक सङ्घसंस्थाबाट प्राप्त सहयोगले सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करीब ७५ वृद्धवृद्धाले आश्रय लिएका छन् । 

पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता 

राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइ म्याग्दीले जिल्लामा पुनःनिर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि स्थानीय तहसँग सम्झौता गरेको छ । शनिबार जिल्लाका छवटै स्थानीयतहका प्रमुख र राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख शिवराम गेलालले १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर पुनःनिर्माण कार्यलाई छिटो अघि बढाउने सम्झौता गरेका हुन् । 

अब जिल्लाको पुनःनिर्माणसम्बन्धी कार्यको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेका छौँ आयोजना कार्यान्वयन एकाइ म्याग्दीका प्रमुख गेलालले भन्नुभयो । समझदारीपत्रमा नगर तथा गाउँपालिकाका इञ्जिनीयर, सब–इञ्जिनीयर, असिस्टेण्ट सब–इञ्जिनीयर र डकर्मी आवश्यकताअनुसार खटाउने, प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काम लगाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका तथा गाउँपालिकाको हुने उल्लेख गरिएको छ । 

स्थानीय तहमा प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काममा मात्रै लगाउनुपर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने सम्पदा, निजी आवास, एकीकृत बस्ती, स्थानीय पूर्वाधार आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले सर्तसहित स्थानीय तहमा पठाउने र समन्वयमा स्थानीय पुनःनिर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने उल्लेख छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाको समेत सहभागिता रहेको थियो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की