2026-09-14 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

फोनिजद्वारा १७ बुँदे मिर्छुलुङ घोषणापत्र जारी

 पुस २९, दमौली | आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिजआदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सङ्घीय समितिको तेश्रो पूर्ण बैठक १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भिमाद नगरपालिका–५ मिर्छुलुङमा सम्पन्न बैठकले श्रमजीवि पत्रकार ऐन तथा सरकारले तय गरेको श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्नुपर्नेसहित १७ बुँदे घोषणापत्र जारी गरेको हो । 

घोषणापत्रमा सरकारले हालै निर्माण गरेको समावेशी सञ्चार नीति सङ्घ, प्रदेश र स्थानीय सरकारमा तत्काल कार्यान्वयन गर्नुपर्ने, सरकारी तथा निजी सञ्चार माध्यममा आदिवासी जनजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, महिला, दलित, पछाडि पारिएको क्षेत्रलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख छ । त्यस्तै केन्द्र, प्रदेश तथा स्थानीय सरकारले बजेट निर्माण गर्दा आदिवासी जनजाति समुदायका पत्रकार सम्बद्ध सङ्घसंस्थालाई न्यायोचित रुपमा वितरण गर्नुपर्ने माग गरिएको छ । 

त्यसैगरी आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धि तथा सशक्तीकरणका लागि तालीम प्रशिक्षणका निम्ति सरकारको तर्फबाट आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, आदिवासी जनजाति समुदायका भाषा, लिपि, संस्कार, संस्कृतिको सम्बद्र्धन हुने गरी सरकारी तथा निजी सञ्चार माध्यमहरुबाट अनिवार्य रुपमा कार्यक्रम प्रकाशन र प्रशारण गर्ने नीति निर्माण गर्नुपर्ने, प्रदेश र स्थानीय सरकारले आदिवासी जनजाति तथा लोपोन्मुख समुदायको उत्थान तथा प्रवद्र्धनका लागि आवश्यक बजेटको व्यवस्था गरी त्यसको समुचित रुपमा वितरण गर्न माग गरिएकबो छ । 

सबै क्षेत्रमा समानुपातिक, समावेशी विज्ञापन नीति लागू गर्नुपर्ने, आदिवासी जनजाति समुदायको विषय उठान गर्दै आएका मातृभाषी सञ्चार माध्यमहरुको निरन्तरता तथा क्षमता अभिवृद्धिका निम्ति आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेलगायत घोषणापत्रमा उल्लेख गरिएको छ । 

बैठकले भिमाद नगरपालिकालाई नमूना नगरपालिका बनाउने अभियानमा फोनिजको तर्फबाट सञ्चार माध्यममार्फत सहयोग तथा पैरवी गर्ने र मिछुर्लुङ सामुदायिक होमस्टे (घरबास)लाई नमुना होमस्टे बनाउने योजनामा सञ्चार माध्यममार्फत प्रचारप्रसार गरेर आवश्यक सहयोग गर्ने घोषणा गरेको छ । 

मिछुर्लुङ घोषणापत्र तयार गर्नका फोनिजका वरिष्ठ उपाध्यक्ष गर्जुधन राईको संयोजकत्वमा उपाध्यक्षद्वय लक्की चौधरी, देविका घर्ती र प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङ रहेको समिति गठन गरिएको थियो । बैठकले आगामी फागुन ८ गते कास्कीमा फोनिजको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ