2026-09-13 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको सबै वडामा प्रसूति केन्द्र स्थापना

पुस ३०, बेझाड | पाल्पाको दुर्गम र विकटमा रहेको रम्भा गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा भएपछि सुत्केरीलाई सेवा लिन सजिलो भएको छ । 

स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका यहाँका महिलालाई गाउँपालिकाका पाँच वटै वडामा प्रसूति केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत मिलेको छ । यहाँ प्रसूति सेवा नहुँदासम्म जिल्ला सदरमुकाम तानसेन जानुपर्ने बाध्यता थियो । 

गाउँपालिकालाई शून्य होमडेलिभरी पालिका बनाउन जनप्रतिनिधिको पहलमा सबै वडामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो । 

चालू आर्थिक वर्षको साउनयता ८२ सुत्केरी भएकोमा ७८ ले स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक शिवप्रसाद अर्यालले बताउनुभयो । करीब ९५ प्रतिशत गर्भवती सुरक्षित किसिमबाट स्वास्थ संस्थामा पुगेर सुत्केरी भएको पाइएको छ । यसलाई शतप्रतिशत पु¥याउन गाउँपालिकाले स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । 

गाउँपालिकामा संस्थागत सुत्केरी बढाउन स्वास्थ्य संस्थामा नै पुगेर बच्चा जन्माउने महिलालाई प्रोत्साहन स्वरुप रु एक हजार ५०० रकम प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । 

गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य सेवाको पहुँच बढाउन प्रत्येक वडामा गर्भवती तथा सुत्केरीको तथ्याङ्क सङ्कलन, वस्तुस्थितिको अध्ययन र योजना निर्माण गरिएको छ । 

यसैगरी पूर्ण पोषण र बालमैत्री गाउँपालिका घोषणाका लागि गाउँपालिकाले तयारी गरिरहेको छ । पूर्ण पोषणयुक्त गाउँपालिका घोषणाका लागि महिला स्वास्थ्य स्वयंसेविका, सहयोगी सहजकर्ता तथा अन्य सरोकारवालाई तालीम प्रदान गरिएको छ । 

वृद्धा कालीगण्डकीमा बेपत्ता 

रामपुर नगरपालिका–६ तालपोखरा बस्ने एक वृद्धा कालीगण्डकीमा बेपत्ता हुनुभएको छ । ६७ वर्षीया कमला भण्डारी आइतबार रामपुर–६ स्थित तातोपानीघाटको झोलुङ्गे पुल नजिकैको कालीगण्डकीको किनाराबाट हाम फालेर बेपत्ता हुनुभएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भूपालसिं रानाले जानकारी दिनुभयो । नदीमा बेपत्ता भण्डारीको प्रहरी र स्थानीयवासी, आफन्तले खोजी गरिरहेका छन् । 

यसैबीच कालीगण्डकीमा नुहाउने क्रममा एक युवा बेपत्ता हुनुभएको छ । आइतबारको समयमा चापाकोट नगरपालिका–१ स्थित कालीगण्डकीमा नुहाउन गएका वर्ष १६ का चितवन कालिका नगरपालिका घर भएका केशवप्रसाद चेपाङ बेपत्ता हुनुभएको हो । नदीमा नुहाउने क्रममा चिप्लिएर बेपत्ता चेपाङको खोजी कार्य जारी रहेको प्रहरी चौकी चापाकोटका प्रमुख जगदीश तिमिल्सनाले जानकारी दिनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले