२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा बेपत्ता भएका गुरुङका दाई भन्छन् – ‘मरेको भए लास चाहियो, घाइते हो भने सास चाहियो !

२०७५, १ माघ मंगलवार १३:१४

माघ १, काठमाडौं । बैदेशिक रोजगारीका लागि साउदी गएका गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं ५ केरावारिका गणेश गुरुङ ४ वर्षदेखि सम्पर्क विहिन भएका छन् । सन् २०१५ डिसेम्बर ३० देखि भाई सम्पर्क विहिन बनेको उनका दाजु गणेशले बताएका छन् । 

धन कमाउने आशामा विदेशिएका गणेश गुरुङ त्यस पछि न त घर फर्किए न कहाँ छन् जानकारी नै आयो उनका दाई केशर गुरुङले साउदीबाट साझा सवाललाई भने "भाइको खोजीका लागि धेरै प्रयास गरियो तर सम्भव भएन। "गुरुङ कार्यरत कम्पनीले ४/५ महिना पछि तलब नदिएका कारण उक्त कम्पनी छोडेर भागेको भन्ने सुनेको दाजु गुरुङले बताए ।

२०७२ वैशाख ३० गते लक्की एच आर सोलुसनबाट साउदी महरा एच आर कम्पनीमा लेवर कामका लागि गएका थिए। भाइको खोजीका लागि सम्बन्धित म्यानपावर कम्पनी र साउदी स्थित नेपाली  राजदुतावासबाट पनि कुनै सहयोग पाउन नसकेको उनले बताए । तर म्यानपावर कम्पनीले भने आफुले पठाएको कम्पनी छोडेर भागेकोले पत्ता लगाउन समस्या भएको बताएको छ ।

गणेश गुरुङको अवस्था बारे सम्बन्धित रोजगारदाता कम्पनीलाई जानकारी गराउंदा कम्पनीले गणेश गुरुङ कम्पनीमा कार्यरत नरहेको जानकारी दिएको म्यानपावरले बताएको छ । म्यानपावरका अनुसार गुरुङले साउदी देश छोडेको सिस्टममा नदेखिएको बताएको छ। 


काम गरिरहेको कम्पनी छोडेपछि गणेश गुरुङले साउदीकै अर्माको ग्यास प्लान कम्पनीमा काम गरेको उनका साथी नुवाकोटका अनिल विसीले सझा सबाललाई जानकारी दिए ।

संगै काम गरेका बताउने विसिका अनुसार सन् २०१५ डिसेम्बर ३० कै दिन राति ९ बजेतिर बाटो क्रस गर्नेबेला गाडीले गुरुङलाई ठक्कर दिएको बताए ।  बेलुकीको समयमा संगै सडक पार गर्दै गर्दा पछाडिबाट गाडीले हानेको हो उनले भने "गाडीले ठक्कर दिए पश्चात पुलिस आएर लिएर गएको देखेको हो, त्यसपछि उनको अवास्था के भयो थाहा पाइएन।" सो घटना पश्च्यात उनले काम गरिरहेको कम्पनीलाई जानकारी दिए पनि भागेर काम गरिरहेको कारण कम्पनीले पनि वास्ता नगरेको विसिले बताए । 

परराष्ट्र मन्त्रालय, दुतावास, विभागबाट पनि पत्तो लागेन 

भाइको अवस्था बारे पत्ता लगाइदिन सम्बन्धित सरकारी निकाएको ध्यानाकर्षण गराएपनि हालसम्म उद्धार सम्भव नभएको गणेश गुरुङका दाजुले बताए ।  परराष्ट्र मन्त्रालय, साउदी स्थित नेपाली दुतावास र बैदेशिक रोजगार विभागमा निवेदन दिएको तर त्यसको ४ वर्ष पुग्दासमेत भाइको अवस्थाबारे कुनै जानकारी नआएको केशर गुरुङले बताए ।

उनले भावुक हुँदै भने "यदि मरेको हो भने लास चाहियो ? घाइते हो भने सास त हुनुपर्ने हो नि ?'' साउदीको राजदुतावासमा फोन र इमेल मार्फत पटक पटक जानकारी गराउंदा समेत लोकेसन थाहा छैन कसरी  खोज्नु भन्दै वास्ता नगरेको उनले दुखेसो गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता