२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा डिएसपीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनद्घारा ज्ञापनपत्र पेश

३ माघ २०७५, बिहीबार १२:०५

सम्राट सिंह | माघ ३, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङका डिएसपी प्रविण धितालले जुवा खेलाउन निर्देशन दिएको अडियो सामाजिक संञ्जाल तथा मिडियामा सार्वजनिक भएपछि आज आवश्यक छानविन गरी कारबार्हिको माग गर्दै २ विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन ।


प्रहरीको नेतृत्वबाट नै यसरी जुवा खेलाउन निर्देशन दिएको अडियो सार्वजनिक भएपछि विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा विज्ञप्ती जारी गरी आवश्यक छानविन गरी कारबार्हिको माग गरेका हुन ।

डियसपी धितालले जिल्लामा हुँदा जुवातास बन्द गरेर चर्चामा आउने तर काठमाण्डौ गई कमिसन लिएर जुवा खेलाउन अनुमती दिलाउने दोहोरो चरित्र देखाएको अनेरास्ववियूका जिल्ला सचिव प्रविन्द्र धामीले बताए । यसरी जनताको सेवक प्रहरीको नेतृत्वबाट नै यसरी जुवा खेलाउन दिएको निर्देशनको विद्यार्थी संगठनहरुले घोर आपत्ती रहेको उनको भनाइ छ । 

अनेरास्ववियूका सचिव प्रविन्द्र धामी र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रामचन्द्र रोकायाको संयुक्त हस्ताक्षर सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँवरलाई बुझाएको र बोदार्थ गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएको छ । जुवा खेलाउन निर्देशन दिएको आरोप लागेका डियसपी धिताल भने आफुले जुवाडे पक्राउ गर्न बनाएको योजनाको अडियो नै बाहिरिएको बताउँदै आएका छन । 

संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमंसिह कुँबरले यो बिषयमा आप्नो गम्भीर ध्यान आर्कषण भएको र तत्काल बोदार्थ गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । सत्य र निश्पक्षता र जनताको पहरेदारको रुपमा चिनिने प्रहरी संगठन भित्र यस्ता विकृति देखिँदा बझाङबासी जनतामा नकारात्मक प्रभावका साथै विश्वास गुुमेको ज्ञापनपत्रमा उल्लेख गरेको छ । 


प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र र बजार क्षेत्रमा प्रेस विज्ञप्ती पनि टाँस गरी विद्यार्थी संगठनहरुले तत्काल घटनाको छानविन गरी यसमा संलग्न जोकोहिलाई पनि  कडा कारबार्हि गर्नुपर्ने अनेरास्ववियू क्रान्तिकारी का अध्यक्ष तथा जयपृथ्वी क्याम्पसका स्ववियू सभापती रामचन्द रोकायाले बताए । उनले वास्तविक छानविन गरी कडा कारबार्हि नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो