सम्राट सिंह | माघ ३, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङका डिएसपी प्रविण धितालले जुवा खेलाउन निर्देशन दिएको अडियो सामाजिक संञ्जाल तथा मिडियामा सार्वजनिक भएपछि आज आवश्यक छानविन गरी कारबार्हिको माग गर्दै २ विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन ।

प्रहरीको नेतृत्वबाट नै यसरी जुवा खेलाउन निर्देशन दिएको अडियो सार्वजनिक भएपछि विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा विज्ञप्ती जारी गरी आवश्यक छानविन गरी कारबार्हिको माग गरेका हुन ।

डियसपी धितालले जिल्लामा हुँदा जुवातास बन्द गरेर चर्चामा आउने तर काठमाण्डौ गई कमिसन लिएर जुवा खेलाउन अनुमती दिलाउने दोहोरो चरित्र देखाएको अनेरास्ववियूका जिल्ला सचिव प्रविन्द्र धामीले बताए । यसरी जनताको सेवक प्रहरीको नेतृत्वबाट नै यसरी जुवा खेलाउन दिएको निर्देशनको विद्यार्थी संगठनहरुले घोर आपत्ती रहेको उनको भनाइ छ ।

अनेरास्ववियूका सचिव प्रविन्द्र धामी र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रामचन्द्र रोकायाको संयुक्त हस्ताक्षर सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँवरलाई बुझाएको र बोदार्थ गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएको छ । जुवा खेलाउन निर्देशन दिएको आरोप लागेका डियसपी धिताल भने आफुले जुवाडे पक्राउ गर्न बनाएको योजनाको अडियो नै बाहिरिएको बताउँदै आएका छन ।

संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमंसिह कुँबरले यो बिषयमा आप्नो गम्भीर ध्यान आर्कषण भएको र तत्काल बोदार्थ गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । सत्य र निश्पक्षता र जनताको पहरेदारको रुपमा चिनिने प्रहरी संगठन भित्र यस्ता विकृति देखिँदा बझाङबासी जनतामा नकारात्मक प्रभावका साथै विश्वास गुुमेको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र र बजार क्षेत्रमा प्रेस विज्ञप्ती पनि टाँस गरी विद्यार्थी संगठनहरुले तत्काल घटनाको छानविन गरी यसमा संलग्न जोकोहिलाई पनि कडा कारबार्हि गर्नुपर्ने अनेरास्ववियू क्रान्तिकारी का अध्यक्ष तथा जयपृथ्वी क्याम्पसका स्ववियू सभापती रामचन्द रोकायाले बताए । उनले वास्तविक छानविन गरी कडा कारबार्हि नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

January 17, 2019
बझाङ्ग - BJN, समाज
बझाङमा डिएसपीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनद्घारा ज्ञापनपत्र पेश
By kit
5 मिनेट पढाइ