२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

यसै वर्ष रोल्पाका सबै घर उज्यालिन्छ: मन्त्री पुन

४ माघ २०७५, शुक्रबार ०५:४६

माघ ४, रोल्पा | उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताउनुभएको छ । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले सो कुरा बताउनुभएको हो । 

स्थानीय नदीनालाबाट उत्पादन हुने उर्जा र वैकल्पिक ऊर्जासमेत प्रयोग गरी जिल्लालाई अँध्यारोमुक्त बनाउने गरी काम थालनी गरेका छाँै मन्त्री पुनले भन्नुभयो । “जिल्लाका लुङ्ग्री, माडीजस्ता नदीबाट विद्युत् उत्पादन हुने गरी सम्भाव्यता अध्ययन भइसकेकाले उत्पादनको काम अगाडि बढाउँछौँ”, मन्त्री पुनले भन्नुभयो । हरेक वडामा विद्युत् विस्तार गर्ने गरी चालू आवमा रु २९ करोडको टेण्डर भइसकेको उहाँले जानकारी दिँदै उहाँले थप रु ३२ करोडको अर्को टेण्डर गर्ने गरी प्रक्रिया अगाडि बढेको छ भन्नुभयो । 

जिल्लाका सबै विद्यालय, स्वास्थ्य संस्था र मठमन्दिरमा वैकल्पिक ऊर्जाको रुपमा सौर्य उर्जालाई प्राथमिकताका साथ अगाडि बढाइएको छ भन्दै मन्त्री पुनले यस जिललामा सुन, तामा तथा मार्वलका खानीसमेत रहेकाले निजी क्षेत्रको लगानीमा उत्खनन्को प्रक्रिया पनि बढाइने उल्लेख गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य