2026-09-14 07:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा शिशु स्याहार केन्द्र स्थापना

माघ ४, डोटी | यहाँको केआइसिंह गाउँपालिका–७ स्थित भूमिराजमाडौँको सलेनामा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । 

ग्रामीण महिलाको कार्यबोझमा कमी ल्याउने उद्देश्यका साथ शिशु स्याहार केन्द्रको स्थापना गरिएको हो । 

उक्त शिशु स्याहार केन्द्र एक्सन एड नेपालको सहयोगमा सम विकास केन्द्र (इडिसी) नेपाल, डोटीद्वारा सञ्चालित ‘द महिला नेटवर्क परियोजना’ र केआइसिंह गाउँपालिका–७ नं वडा कार्यालयको संयुक्त लगानीमा निर्माण गरिएको समविकास केन्द्र (इडिसी) नेपाल डोटीले जनाएको छ । 

केआइसिंह गाउँपालिका वडा नं ७ मा रहेको लाटाकलारै आधारभूत विद्यालयसँगै रहेको जमीनमा समविकास केन्द्र डोटीको रु छ लाख ३८ हजार र उक्त वडाको रु दुई लाख गरी जम्मा आठ लाख ३८ हजारको लगानीमा केन्द्रको दुई कोठे भवन निर्माण गरी कक्षा सञ्चालन भइसकेको ७ नंं वडाका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिनुभयो । तीन वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकाको स्याहार तथा उनीहरुको सिकाइ ज्ञान अभिवृद्धि गर्न र ती बालबालिकाका आमाको कार्यबोझमा कमी ल्याई उनीहरुलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन शिशु स्याहार केन्द्र स्थापना गरिएको सम विकास केन्द्र डोटीका कार्यक्रम प्रबन्धक महेश टेलरले बताउनुभयो । 

उक्त केन्द्रमा हाल ३० जना बालबालिका भर्ना भई कक्षा सञ्चालन भइसकेको लाटाकलारै आधारभूत विद्यालयका प्रधानाध्यापक गगन बलायरले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले