2026-09-13 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छिन्चु–जाजरकोट सडक मर्मत नहुँदा आवागमन कष्टकर

हेमन्त केसी | माघ ४, जाजरकोट | छिन्चु–जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ । 

दुई वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका– ११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर दुई वटा ठूला खाल्डा परे पनि मर्मत गर्नेतर्फ कसैले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको हो । सदरमुकाम प्रवेशको मुख्य सडकको बाटोमा कालोपत्र उप्किएर भैँसी बस्न मिल्ने पानीको ताल बने पनि मर्मत नहुँदा समस्या भएको सवारीसाधन चालक बताउँछन् । 

सो सडकमा सानाठूला गाडी र मोटरसाइकललाई पानीको ताल बनेका खाल्डा पार गर्न सास्ती हुन थालेको दुई वर्ष पुग्न लाग्यो । तरपनि चौरजहारीको सडक डिभिजन कार्यालय, जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले भने नदेखे झैँ गरेको नागरिकको गुनासो छ । मटेलादेखि बोहराको उकालो हुँदै शान्ति चौतारा र ठाँटीबजारसम्मको कालोपत्रे सडकमा खाल्डाले यात्रा समस्यापूर्ण बनाएको छ । खाल्डाखुल्डीले सडक बिगँ्रदै गएको छ । 

भेरी नगरपालिका–१ का रामबहादुर रानाले भन्नुभयो, “खाल्डा पुर्ने या सडक मर्मत गर्नेबारे कोही कसैले पनि अहिलेसम्म मतलब गर्दैनन्, पासागाडको छेउमा मात्र होइन उक्त सडकखण्डको जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर बजारदेखि सदरमुकाम खलङ्गासम्मको कालोपत्र गरिएको सडकमा साना ठूला गरी सयौँ खाल्डा भए पनि कसैले नदेख्दा दुःख लाग्छ।” 

सडकमा खाल्डाखुल्डी र भत्केको सडक लामो समयदेखि ज्यूँका त्यूँ छ । यातायात व्यवसायी कालीबहादुर खत्री प्रश्न गर्नुहुन्छ, “सधैँ नेताहरु र ठूला कर्मचारी यही सडकमा हिँड्छन् तर कहिले पनि बिग्रेको सडक किन देख्दैनन होला ?” 

छिन्चु–जाजरकोट सडकखण्डको ३९ किलोमिटर लम्बाइ पर्ने जाजरकोट क्षेत्रमा मात्र होइन सुर्खेत र सल्यानको १०२ किमी सडक क्षेत्रमा पनि सडकका खाल्डाखुल्डीले यातायातका साधन निर्वाध चल्न अप्ठयारो हुँदै आएको छ । सडकको अवस्था बिग्रँदै गएको र सरोकारवालाले सडक मर्मत र सुधार गर्नेतर्फ कुनै चासो नदिएका कारण आफूहरुले निकै जोखिम र कष्ट बेहोर्नु परेको यातायात व्यवसायी बताउँछन् । सडकका खाल्डाखुल्डी र सडकमा थुप्रिएका वर्षात्को पहिरोले सवारी आवातजावतमा कठिनाई भोग्नुपनरेको व्यवसायीको गुनासो छ । 

जनता र यातायात व्यवसायीलाई भएको दुःख छ देखुन् पनि कसरी ? अर्का व्यवसायी जनक थापाले भन्नुभयो, “जनताले कति दुःख पाएका छन्, त्यो नेताले र राष्ट्रसेवकले गतिलो अनुभूति नगर्दा वर्षांैसम्म सडकको बेहाल बनेको छ ।” भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले सडक भत्केको र खाल्डाखुल्डी परेकाबारेमा सडक विभागसँग आफूले तत्काल कुरा गर्ने बताउनुभयो । नगरप्रमुख घर्तीले भन्नुभयो, “नगरपालिकाकोतर्फबाट अग्रसरता लिएर आफ्नो क्षेत्रको कालोपत्र र कच्ची सडकको मर्मत तथा स्तरोन्नतिका लागि पहल गर्ने अभियानमा छौँ ।” 

स्थानीय जनताले भने जिल्लाको सडक निर्माणका क्रममा सडक विभाग र निर्माण व्यवसायीले गुणस्तरहीन काम गरे पनि जनप्रतिनिधिले खासै चासो र पहल नलिएको गुनासो गर्ने गरेका छन् । सडक डिभिजन कार्यालय चौरजहारीका निमित्त प्रमुख कुशल भुसालले सडक बिग्रेकाबारे आफूलाई जानकारी नभएको बताउनुभयो । “ सडकका खाल्डाखुल्डी पुर्ने लगायत जे जे गर्न सकिन्छ पहल गर्छु, अहिले भने चिसोका कारण कालोपत्रे गर्न समस्या छ”, उहाँले भन्नुभयो | रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन