२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सिद्धनाथ विज्ञान क्याम्पसद्वारा पूर्व प्रा.डा.हरीदत्त लेखक सम्मानित

२०७५, ५ माघ शनिबार १४:०७

भाष्कर के.सी | माघ ६, कञ्चनपुर | सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा शनिबार एक कार्यक्रम विच पूर्व प्रा.डा हरीदत्त लेखकको सम्मान गरेको छ । उक्त सम्मान कार्यक्रममा वहाँलाई दोसल्ला र प्रमाण पत्र प्रदान गरिएको छ ।


वि.स.२०३२ साल माघमा त्रिविका उपकुलपति सुर्य बहादुर शाक्यको र पुर्व प्रा.डा.लेखकको  पहलमा वि.स २०३३ साल त्यसबेलाको पञ्चनिवास (वाइटहाउस)मा सिद्धनाथ विज्ञान क्याम्पसको नामबाट अध्ययापन शुरु गरिएको थियो त्यसबेलाको पहिलो क्याम्पस प्रमुख हरीदत्त लेखक हुनुहुन्थ्यो । वहाँको पहलमा २०३६ सालमा निम्बुखेडा स्थित आफनै भवनमा पढाई शुरु गरिएको थियो । त्यसबेला प्रमाण पत्र तह, विएससी र एमएससीको पढाई शुरु गरिएको थियो । जसको शुरुवात देखिनै क्याम्पसले पढाईमा आफनो छुटै पहिचान बनाउन सफल भएको थियो । जसको निरन्तरता अहिले सम्म पनि चलिरहेको छ फलस्वरुप नेपाल भरि मै सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर प्रथम स्थानमा रहेको छ भने दोस्रो स्थानमा धरान विज्ञान क्याम्पस र तेस्रो स्थान अमृत साइन्स क्याम्पस रहेको पूर्व प्रा.डा.लेखकले बताउनु भयो । 

सिद्धनाथ विज्ञान क्याम्पस सुदूर पश्चिमकै लागी गौरब हो । यहाँको धरोहर हो । क्याम्पसको हाता भित्र कुने राजनीतिक व्यक्ति हुदैन त्यहाँ केवल विद्यार्थी र शिक्षक मात्र हुन्छ । त्यसले आफ्नो कर्तव्य सम्झि ईमान्दारीका साथ आफ्नो कार्य गर्नु पर्ने पूर्व प्रा.डा लेखकले बताउनु भयो ।

क्याम्पसलको स्तर उन्नती गर्नको लागी आफु लगायत सम्पुर्ण क्याम्पसका शिक्षकहरु निरन्तर प्रयासमा रहेको, साथै यस क्याम्पसलाई सुधार गर्न र यसको पठन पाठन अझै अबल बनाउने आफहरुको काँधमा आएकोले सबैले इमान्दारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्नु पर्ने साथै आफुले गरको कार्यको मुल्याङ्कन पनि गर्नुपर्ने क्याम्पस प्रमुख थानेश्वर तिवारीले बताउनु भयो ।

उक्त सम्मान कार्यक्रममा सभापति क्याम्पस प्रमुख थानेश्वर तिवारी हुनुहुन्थ्यो भने, प्रमुख अतिथीमा प्रा.डा.हरीदत्त लेखक लगायत सम्पूर्ण विज्ञान क्याम्पसका शिक्षक तथा कर्मचारीको उपस्थिती रहेको थियो, कार्यक्रम सञ्चालन प्राध्यापक जङ्ग बहादुर खडकाले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना