२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

समाचारको खोजीमा दौडिरहने पत्रकार शनिबार भने ध्यानमा मस्त

२०७५, ६ माघ आईतवार ०६:२८

माघ ६, बागलुङ | सधैँ समाचारको खोजीमा दौडिरहने यहाँका पत्रकार शनिबार भने ध्यानमा मस्त थिए । व्यस्त दैनिकी छलेर केहीबेर तनावमुक्त समय बिताउन पाउँदा अघिपछि भन्दा प्रफुल्ल देखिन्थे । झण्डै चार घण्टा पत्रकारले आफ्ना लागि छुट्याए । आफूलाई चिन्ने कोसिस गरे । 

पत्रकार महासङ्घ बागलुङ शाखा र ओशो अमृतम् ध्यान केन्द्र बागलुङले ध्यान शिविरको चाँजोपाँचो मिलाएका थिए । केही घण्टा भए पनि ध्यानमा बस्न पाउँदा पत्रकारले आत्मिक शान्ति र सुखको अनुभूति गरे । अधिकांश पत्रकारलाई त्यो पहिलो अनुभव थियो । 

“सकारात्मक ऊर्जा प्राप्त भयो”, पत्रकार विजय रानाले भन्नुभयो, “स्वस्थ शरीर र मनका लागि ध्यान अन्यन्त जरुरी रहेछ ।” उहाँले ध्यानले मानिसमा उन्नत विचार र चिन्तनको बीजारोपण गर्ने विचार राख्नुभयो । 

केन्द्रीकी सञ्चालिका ज्योत्सना शाक्य ‘मा आत्मो’ ले ध्यानले मानिसलाई मुक्तिको मार्ग देखाउने उल्लेख गर्नुभयो । लोभ, मोह, ईष्र्या कुण्ठाबाट विकृत मानव हृदयलाई स्वच्छ राख्न ध्यान जरुरी भएको उहाँको भनाइ छ । उहाँले ध्यानका विभिन्न विधिबारे अभ्यासमूलक प्रवचन दिनुभएको थियो । 

“आशोले २०० ध्यानका विधि पत्ता लगाउनुभएको छ”, शाक्यले भन्नुभयो, “हामीले ध्यानका सामान्य विधि मात्रै अपनाउन सके पनि धेरै फाइदा छ ।” उहाँले ओशो कुनै धर्म सम्प्रदायमा विभाजित नभएको प्रष्ट पार्नुभयो । 

योग, ध्यान र तनाव व्यवस्थापनबारे पत्रकारलाई प्रशिक्षित गर्न शिविर राखिएको शाखाका अध्यक्ष दिल शिरीषले बताउनुभयो । “शिविरले कार्यक्षेत्रमा ऊर्जाका साथ खट्न पक्कै बल मिलेको छ”, उहाँले भन्नुभयो, “समाजमा सकारात्मक सन्देश प्रवाह भएको हाम्रो विश्वास छ ।” 

उहाँले जुनसुकै विचार वा वादका सकारात्मक पक्षलाई ग्रहण गर्दा अन्यथा नहुने तर्कसमेत गर्नुभयो । सधैँ अरुका लागि समय दिने, भौँतारिने पत्रकारले आफै लाई खोज्न, चिन्न ध्यान शिविरले सघाएको शिरीषको भनाइ छ । 

सोही अवसरमा ओशो तपोवनका तर्फबाट पत्रकार महासङ्घलाई उपहार प्राप्त पुस्तकहरु पनि हस्तान्तरण गरिएको थियो । केन्द्रले यसअघि बागलुङ कारागारका कैदीबन्दीहरु बीच पनि ध्यान शिविर चलाएको थियो । 

योग र ध्यानका कार्यक्रमलाई विस्तार गर्दै लगिने केन्द्रका अध्यक्ष लीला खड्काले बताउनुभयो । “मानिसलाई ध्यानका बारेमा सचेतना फैलाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ रहन यसले सघाउँछ ।” ध्यान शिविर पत्रकार महासङ्घ बागलुङ शाखाको हलमा भएको थियो । शिविरमा १५ क्रियाशील पत्रकार सहभागी थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा