२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा दुई थान भरुवा बन्दुकसहित एक पक्राउ

२०७५, ६ माघ आईतवार ०७:४३

माघ ६, लमही | दाङमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । हिजो साँझ ६ बजे पक्राउ परेका शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । 
आफ्नै घरमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक दुई थान, बँदेलको जस्तो देखिने खुट्टाको सपेटा दुई थानसहित उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ६ को दफा १२९ को हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । 
आगलागीबाट चौध लाख क्षति 
दाङको दुई घरगोठमा आगलागी हुँदा करीब रु १४ लाख बराबरको क्षति भएको छ । हिजो अपराह्न ४ बजेतिर दाङको बङ्गलाचुली गाउँपालिका–७ श्रीखर्क निवासी देवराज पुन र उहाँको छोरा गोपाल पुनको घरमा आगलागी हुँदा रु १३ लाख ७३ हजारभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 
आगलागीबाट देवराज पुनको घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन र आधा तोला सुन गरी रु छ लाख ८० हजार तथा गोपाल पुनको घरगोठ, अन्नपात, लत्ताकपडा, भाडावर्तन, एक तोला सुन, सोलार, नगद रु २५ हजार गरी रु सात लाख ९३ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । 
एक्कासि घरगोठमा लागलागी भए पनि सजगता अपनाएकाले कुनै पनि मानवीय क्षति भने भएको छैन । प्रहरी तथा स्थानीयवासीको सक्रियतामा हिजो साँझ ५ बजेतिर आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै