2026-10-15 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चितुवाको छाला किन्न प्रहरी नै ग्राहक बनेपछि…

माघ ६, सुर्खेत । ५ नम्बर प्रदेश प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक बोदराज रेग्मीलाई विशेष सूचना प्राप्त भयो । उनलाई कालिकोटका एक व्यक्तिले चितुवाको छाला विक्री गर्ने योजना बनाइरहेको सूचना थाहा पाए । उनले विशेष सूचनालाई गम्भीर रुपमा लिँदै आफै ग्राहक बनेर सुर्खेत आइपुगे । 

उनीसहितको टोलीले कालिकोट जिल्ला रास्कोट नगरपालिका–४ सिउनाका टंकप्रसाद उपाध्यायसंग सम्पर्क गरे । प्रहरी टोलीले उनलाई वीरेन्द्रनगर–३ स्थित होटल भिजिट रारामा छाला किन्ने फोन सम्बाद भयो । रेग्मीलाई शुरुमै उपाध्यायले छाला देखाउन मानेनन् । उनले कतिमा किन्ने भन्ने निक्र्यौलविना छाला नखोउने अड्डी कसे । रेग्मीले राम्रै रकम दिने निर्णय सुनाए । त्यसलगत्तै उपाध्ययले आफूसंग भएको चितुवाको छाला देखाएपछि प्रहरीको फन्दाको परे ।

रेग्मीसहितको टोलीले उपाध्यायलाई होटल भिजिट राराको अगाडीबाट पक्राउ गरेको छ । उपाध्ययको साथबाट दुई थान ध्वाँसे चितुवाको छाला बरामद गरेको ५ नम्बर प्रदेश प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । उनले पक्राउ परेका उपाध्यायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए । हामी अहिले घटनास्थलमा मुचुल्का उठाइरहेका छौं’ रेग्मीले भने, ‘उनलाई उतै लाने वा सुर्खेत प्रहरीको जिम्मा लगाउने भन्ने विषयमा टुंगो लागेको छैन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार