२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा विद्यार्थी पढाउने अभिभावकलाई विद्यालयले दुइवटा फलफूलका बिरुवा वितरण

७ माघ २०७५, सोमबार ०७:१३

माघ ७, बेत्रावती | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ । 

जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका बासिन्दाले आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेकाले उनीहरूको आर्थिक उपार्जनमा सहयोग पुर्याउन फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेम स्याङताङले जानकारी दिनुभयो । 

उहाँका अनुसार विद्यालयमा अध्ययनरत ३०५ विद्यार्थीका लागि प्रतिविद्यार्थीका अभिभावकलाई दुईवटा बिरुवा उपलब्ध गराइएको छ । उनीहरूलाई किबी, हलुवाबेद, अङ्गुर र आलुपखडाका विरुवा वितरण गरिएको हो । 

जिल्लामा भौगोलिक रुपमा विकट, उच्चस्थानमा कृषि उब्जनी प्रर्याप्त नहुँदा गरिवीमा रहेका अभिभावकले बालबालिका विद्यालय पठाउन छाडेकाले उनीहरुको आर्थिकस्थिति मजबुत बनाउन बिरुवा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो । 

“घ्याङ्फेदीको सिङ्गो १ नं वडामा रहेको एक मात्र उक्त विद्यालययले यो वर्षदेखि कक्षा ९ सम्म अध्यापन शुरु गरेको छ । यसअघि यहाँका विद्यार्थीले कक्षा आठभन्दा माथि अध्ययन गर्न गाउँबाट टाढा जान नसेकाले धेरैले पढाइ छाड्दै आएका थिए । गाउँपाललिकाले गाउँमा नै माथिल्लो तहसम्मको अध्ययनका लागि आफ्ना बालबालिका विद्यालय पठाउने अभिभावकलाई जीविकोपार्जनमा सहयोग पुर्याउने नीति अवलम्बन गरेपछि भर्ना भएका विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । उक्त गाउँपालिकाले आधार डेभलमेन्ट नेपाल नामक संस्थासँगको सहकार्यमा सो कार्यक्रम अघि सारेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट