२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुकुममा कादुरीको लगानीमा गाउँ झिलिमिली

७ माघ २०७५, सोमबार ०९:१६

माघ ७, रुकुम | जिल्लाको भूमे गाउँपालिकास्थित लुकुम खोला (सिसाघारी) लघुजलविद्युत् आयोजनाले गाउँपालिकाका ५९० घरलाई झिलिमिली बनाएको छ । कादुरी एग्रिकल्चरल एण्ड एशोसिएशन ब्रिटिस गोर्खाजले उक्त विद्युत् आयोजना निर्माण गरेको हो । 

निर्माणपछि १३५ किलोवाट विद्युत् उत्पादन क्षमताको आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको हो । आयोजनाबाट गाउँपालिकाका वडा नं ३ र ४ तथा वडा नं ६ को सीमा, काँडा, महत गाउँमा विद्युत् सुविधा पुगेको छ । 

यो आयोजनासहित गाउँपालिकामा अहिले ११ वटा विद्युत् आयोजना छन् । नौ वटा वडा रहेको यस गाउँपालिकामा रहेका ती आयोजनाबाट ४५० दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भइरहेको छ । 

केन्द्रीय प्रशारण नपुगेपनि लघु जलविद्युत् आयोजनामार्फत भए पनि तीन हजार ५३८ घरधुरीमध्ये करीब ७५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । उहाँले गाउँपालिका–४ को तल्लो साकिम, वडा नं ५ को माथिल्लो साकिम र डालिबाङ, वडा नं– ६ को खाम्दै र तमारी तथा वडा नं ८ को पोखरापाटा र नाम्पुमा विद्युतीकरण हुन बाँकी रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य