2026-09-14 07:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सुदूरपश्चिममा व्यावसायिक बन्दै छलिया र हुड्के नाच

विमलबहादुर विष्ट | माघ ७, डोटी | ठूलाबडाको विवाह र बढाइँमा पुराना वीरयोद्धाका कथा तथा राजा रजौटाका गीतमार्फत देखाइने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज व्यावसायिक बन्न थालेको छ । यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया र हुड्के नाच्नेको माग हुने गरेको छ । 

विभिन्न ठाउँमा नाच देखाएवापत छलिया र हुड्के नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलाबडा एवं ठालुका घरमा विवाह व्रतबन्ध भयो भने मात्रै उक्त नाच देखाइने गरेको दिपायलका हुड्के गगने नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला नाच देखाएवापत एक छाक खाना तथा केही लुगाफाटो पाइन्थ्यो तर अहिले बोलाएको ठाउँमा देखाउँछौ र पैसा लिने गरेका छौंँ ।” 

अहिले सुदूरपश्चिम प्रदेशका व्भििन्न ठाउँमा महोत्सवलगायत धार्मिक कार्य चलेकाले सबैभन्दा बढी छलिया र हुड्के नाच्नेहरु व्यस्त हुने गरेको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सवदेखि अन्य शुभ कार्य गर्दा हुड्के नभई शोभा हुँदैन, अहिले त हुड्के नाच्नेलाई अग्रीम बुकिङ गर्नुपर्छ ।” यति मात्र नभई दिपायल र तिखाका हुड्के नाच्नेहरुसँग एक महिना पहिलेदेखि नै सम्झौता गर्नुपर्ने अवस्था आएको महासचिव खड्काले बताउनुभयो । दिपायलको हुड्के नाचले एक दिनको रु १० हजार तथा छलिया नाचको एक दिनको छलिया समूहले रु १५ हजारसम्म लिने गरेको छ । छलिया नाच प्रायःगरी बैतडी जिल्लावासीले नाच्ने गर्छन् । 

शिखर नगरपालिकास्थित मुडभराका रायभान ढोलीले छलिया र हुड्के नाचबाट नै आफ्नो गुजारा चलेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिनामा चार÷पाँच ठाउँमा मात्रै हुड्के देखाउन पाए वर्षभरिको खर्च चल्छ ।” रायभानले हुड्के नाच देखाएरै दुई छोरालाई क्याम्पसमा पढाइरहेको जिकिर गर्नुभयो । 

त्यसै गरी सुदूरपश्चिम प्रदेशकै प्रख्यात बैतडीको छलिया नाचको अहिले सुदूरपश्चिमभरि नै माग हुने गरेको छ । सबैतिरबाट माग बढ्न थालेपछि छलिया र हुड्के नाच्नेहरु पनि व्यावसायिक बन्न थालेका छन् । विभिन्न ठाउँमा छलिया तथा हुड्के नाच्नेहरुले क्लब नै गठन गरेका छन् भने उनीहरु आफ्ना सन्ततिलाई समेत नाच्न र गाउन सिकाउन थालेका छन् । गत वर्ष डोटी, कञ्चनपुर, धनगढी, टीकापुर र साँफेबगर महोत्सवमा छलिया नाच देखाएर रु एक ला ५० हजार कमाइएको बैतडी छलिया समूहले बताएको छ । 

छलिया निकै जोखिमपूर्ण नाच पनि हो । बाजाका तालमा नाच्न नजाने चोटपटक लाग्ने गरेको दिपायलका समाजसेवी घनश्याम पाठकले बताउनुभयो । “हुड्के नाचमा पुराना राजा रजौटा, बिर बिरंगना र देवि देवताहरुका जिवन गाथा गाउने गरिन्छ”, उहाँले भन्नुभयो, “छलिया नाच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाँच भएकाले नजानेमा चोट लाग्न सक्छ ।” संस्कृतिविद् डा बद्रीप्रसाद बिनाडीका अनुसार छलिया नाचले युद्धकलालाई झल्काउने गर्दछ । सुदूरपश्चिम प्रदेशमा रहेका छलिया, हुड्के, चौलो र भुवाँ नाचलाई व्यावसायिकतातिर लैजान सके यहाँको कलासंस्कृतिलगायत नाच्नेहरुको पनि जीवनस्तर माथि उठ्न सक्ने संस्कृतिविद् डा बिनाडीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले