Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ ८, परशुराम | डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।&nbsp;<br></p><p>मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । आलिताल गाउँपालिका–५ भित्रिसेनमा चट्याङ लागेर मानबहादुर विष्ट र गोमती विष्ट घाइते भएका छन् । दुवैलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको छ । रासस&nbsp;</p>