२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

म्याग्दीको विकट र दुर्गम क्षेत्र मालिकाको सबै वडामा हेलिप्याड निर्माण

२०७५, ८ माघ मंगलवार ०६:३७

माघ ८, माग्दी | भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान (हेलिप्याड) निर्माण भएको छ । 

गाउँपालिकाले सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवा क्लब र आमा समूहको सहयोगमा सातै वडामा हेलिप्याड बनाएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । निस्कोट, रुम, देवीस्थान र बिमको डाँडागाउँमा स्वास्थ्यचौकीको भवन नजिकै हेलिप्याड बनाइएको छ । 

यसैगरी डाँडागाउँमा वडा कार्यालय परिसर, ओखरबोटको ओखरबोट मावि परिसर र दरवाङको छ्यारछ्यारेमा हेलिप्याड निर्माण गरिएको छ । सशस्त्र प्रहरी बलको गलेश्वर बेसक्याम्प, नेपाल प्रहरी, जनप्रतिनिधि, युवा क्लब र आमा समूहका प्रतिनिधिले ढलान गरेर ‘एच’ आकारसहितको हेलिप्याड बनाएका हुन् । हेलिप्याड निर्माणमा नेपाली सेनाको श्रीबक्स गुल्मले पनि प्राविधिक सहयोग गरेको छ । 

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापनको कामलाई सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

ट्र्याक खुलेको दशकपछि स्तरोन्नति 

ट्र्याक खुलेको एक दशकपछि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको स्तरोन्नति शुरु भएको छ । विसं २०६५ मा तत्कालीन स्थानीय निकाय र समुदायले ट्र्याक खोलेको जिल्लाकै जोखिमयुक्त र कठिन मानिने पोखरेबगरदेखि घार, शिख, फलाते हँुदै चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नतिको काम शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थाका सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसिनरी पर्खाल, ह्युमपाइप, कल्भर्ट, सोलिङ र ३.७५ किलोमिटर कालोपत्र गर्ने काम अघि बढाएको आयोजना प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो । 

गत मङ्सिर ९ गते रु २७ करोड ९१ लाख ३५ हजार २२० मा ठेक्का सम्झौता गरेको मोतीदान–जयमाता जेभीले प्रारम्भिक चरणमा सडक चक्लाउने र पर्खाल लगाउने काममा मजदुर र एक्साभेटर परिचालन गरेको छ । विसं २०७७ जेठ २२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । समयमै गुणस्तरीय हिसाबले योजना सम्पन्न गराउन अनुगमन, सहजीकरण र समन्वय गरिएको छ । 

सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, स्थानीयवासीलाई आवतजावत र ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने खिवाङका मनबहादुर गर्बुजाले बताउनुभयो । सडकबाट घार, शिख, चित्रे, फलाते, घोडेपानी, खिवाङ, स्वता, किन्दु, पाउद्धारका बासिन्दाले सुविधा पाउनेछन् । 

सरकारले हालै घोषणा गरेको नेपालका १०० पर्यटकीयस्थलमा समावेश घोडेपानी र पुनहिल सूर्योदय, हिमशृङ्खला, वनजङ्गल, वन्यजन्तु र गुराँसे जङ्गलको अवलोकनका लागि प्रसिद्ध छ । शिखका बेगप्रसाद पुनले ट्र्याक खुलेको एक दशकपछि सडक स्तरोन्नति हुन लागेकामा स्थानीयवासीमा खुसीयाली छाएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण