९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारद्वारा दश सुक्खा क्षेत्रमा खानेपानी आयोजना शुरु

८ माघ २०७५, मंगलवार ०७:३७

अच्युत रेग्मी | माघ ८, काठमाण्डौ | सरकारले १० वटा सुक्खा क्षेत्रमा बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको छ । विभिन्न समयमा सरकारले सुक्खा क्षेत्र घोषणा गरेका बस्तीलाई आधार मानेर त्यस क्षेत्र वरपरका जनतालाई सर्वसुलभ रुपमा खानेपानी उपलब्ध गराउने उद्येश्यले सरकारले बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको हो । 

निर्माण हुन लागेका आयोजनामा यशोक बृहत् पम्पिङ खानेपानी आयोजना पाँचथर, आङ्ना मौवा बृहत् पम्पिङ खानेपानी आयोजना पाँचथर, हलेसी क्षेत्र बृहत् पम्पिङ खानेपानी आयोजना खोटाङ, तिमाल बृहत् सुक्खा क्षेत्र खानेपानी आयोजना काभ्रेपलाञ्चोक, चौँरीखोला ढोकाडाँडा बृहत् पम्पिङ खानेपानी आयोजना काभ्रेपलाञ्चोक रहेका छन् । 

यस्तै, पकरवास बृहत् पम्पिङ खानेपानी आयोजना रामेछाप, दरौँदी गोरखा बृहत् पम्पिङ खानेपानी आयोजना गोरखा, तानसेन कालीगण्डकी बृहत् खानेपानी आयोजना पाल्पा, विजेश्वरी चौरजहारी बृहत् पम्पिङ खानेपानी आयोजना रुकुम र हर्रे टुनिबोटे डुँडेखोला बृहत् खानेपानी आयोजना सिन्धुपाल्चोकमा निर्माण हुँदैछ । 

आव ०७०-०७१ मा यशोक बृहत् पम्पिङ खानेपानी आयोजना पाँचथर, पकवास बृहत् पम्पिङ खानेपानी आयोजना रामेछाप, रामेछाप बृहत् पम्पिङ खानेपानी आयोजना रामेछाप र तिमाल बृहत् खानेपानी आयोजना काभ्रेपलाञ्चोक गरी चार क्षेत्रबाट खानेपानी आयोजना निर्माण कार्य शुरु गरे पनि अहिले १० क्षेत्रमा खानेपानी आयोजना निर्माण हुँदैछ । 

विभागका सुक्खा क्षेत्र खानेपानी आयोजनाका प्रमुख रामचन्द्र घिमिरे सरकारले सुक्खा क्षेत्र घोषणा गरेर आव ०७०÷०७१ बाट सुक्खा क्षेत्र खानेपानी आयोजना निर्माण कार्य शुरु गरे पनि अहिलेसम्म एउटा पनि आयोजना निर्माण सम्पन्न भइनसकेको बताउनुहुन्छ । “२० करोडभन्दा धेरै लागतमा सम्पन्न हुने आयोजना भएकाले निर्माण गर्न समय लागेको हो”, उहाँ भन्नुहुन्छ । 

सरकारले उकालो वा ओरालो २५० मिटर तथा तेर्सो दुई किलोमिटरभन्दा नजिक पानीको मुहान नभएको क्षेत्रलाई सुक्खा क्षेत्रका रुपमा राखेको छ । यसैगरी, एक व्यक्तिलाई परम्परागत पानीको स्रोतबाट प्रतिदिन १० लिटरभन्दा कम पानी उपलब्ध हुनु, प्रत्येक वर्ष एक हजार २०० मिलिमिटरभन्दा कम वर्षा हुने तथा हिउँ पर्ने र तराई क्षेत्रमा भूमिगत पानी ५० मिटरभन्दा गहिरो क्षेत्र हुनुलाई सुक्खा क्षेत्रको रुपमा लिएको छ । 

विभागका सूचना अधिकारी रत्नप्रसाद लामिछाने सुक्खा क्षेत्र खानेपानी आयोजनाले हिमाली क्षेत्रमा पाँच हजार जनसङ्ख्या, पहाडी क्षेत्रमा १० हजार जनसङ्ख्या र तराई क्षेत्रमा ३० हजार जनसङ्ख्यालाई समेटेर काम गरिरहेको बताउनुहुन्छ । 

ठूला आयोजनाले धेरै जनसङ्ख्यालाई समेट्ने र निर्माण गर्न लागत पनि धेरै लाग्ने भएकाले निर्माण सम्पन्न गर्न धेरै समय लागेको उहाँको भनाइ थियो । साना तथा मझौला खानेपानी निर्माणको लागि भने सरकारले प्रदेश तथा स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरिसकेको लामिछानेले जानकारी दिनुभयो । 

यस्तै सरकारले तराईका अधिकांश क्षेत्रमा डिप बोरिङ गरेर खानेपानी आयोजना निर्माण गरिरहेको छ । तराईमा प्रयोग हुँदै आएको कलको पानी फोहर तथा दूषित भएकाले शुद्ध पिउने पानीका लागि सरकारले तराई क्षेत्रका विभिन्न क्षेत्रमा डिप बोरिङ गरेर खानेपानी निकाल्न शुरु गरेको हो । काठमाडौँ क्षेत्रका बासिन्दालाई भने शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति