२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कास्कीमा कोदो खेती गर्न अनुदानमा उपकरण

८ माघ २०७५, मंगलवार ०९:२६

माघ ८, पोखरा | कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको छ । 

चालू आर्थिक वर्ष २०७५-७६ मा सो गाउँपालिकाका ११ वटै वडामा कोदो चुट्ने उपकरण प्रदान गर्ने लक्ष्यका साथ रु १० लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उपकरणको कूल लागतमध्ये ५० प्रतिशत गाउँपालिकाले उपलब्ध गराउने छ । पहिलो चरणमा वडा नं ४, ९ र १० मा तीन उपकरण प्रदान गरिएको छ । 

“एउटा उपकरण खरीद गर्न करीब रु ६० हजार लाग्छ,” अध्यक्ष कुँवरले भन्नुभयो, “संस्थागत एवं व्यक्तिगतरुपमा गाउँपालिकाले कृषि शाखामार्फत अनुदानमा उपकरण लैजान सक्नेछन् ।” केही वर्ष अघिसम्म कोदोलाई गरीबले खाने अन्नका रुपमा लिने गरिएकामा अहिले यो हुनेखानेको रोजाइमा पर्ने गरेको छ । 

कोदो खेतीको प्रवद्र्धन गर्न तथा यसको महत्वबारे जानकारी दिन अन्नपूर्ण गाउँपालिकाको सहयोगमा वडा नं ४ स्थित भदौरे देउरालीमा यस वर्ष ल्होसारका अवसरमा कोदो महोत्सव गरिएको थियो । महोत्सव अवलोकनकर्तालाई स्थानीयवासीले कोदोको सेलरोटी, सुक्खारोटी, मःमःलगायतका २५ परिकार बनाएर खुवाएका थिए । 

उक्त महोत्सवमा कोदोको खोले, दाम्ले मिठाई, शङ्खे चक्लेट, ढिँडो, जेरी, पुरी, नमकिन, पकौडा, केकलगायत स्वाद लिने व्यवस्था गरिएको थियो । “महोत्सवले कोदोप्रतिको धारणा परिवर्तन गरी खेतीप्रति आकर्षण बढाएको छ,” स्थानीयवासी आशबहादुर गुरुङले भन्नुभयो । 

कास्कीमा कोदोका प्रजातिसमेत लोप हुँदै गएका छन् । विगतमा यहाँ दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता प्रजाति पाउने गरेपनि अहिले ती लोप हुँदै गएका छन् । पछिल्लो समय कोदो लगाउने ठाउँमा कृषकले घैया प्रजातिका साथै पाखे धान लगाउने क्रम बढेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै