Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

हिउँले सेताम्य भयो डोटी, जनजीवन कष्टकर

२०७५, ८ माघ मंगलवार १०:३८

माघ ८, डोटी | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा गए रातिदेखी हिमपात शुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । 

हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन् । हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन् । जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदार धुरा, उदैनीलगायत उच्च लेकाली क्षेत्रमा अहिलेसम्म पनि परिरहेको स्थानीयवासी दीपक खवासले बताउनुभयो । उहाँका अनुसार बाक्लो हिमपातका कारण यहाँका बासिन्दालाई गाईबस्तुसमेत चराउनसमेत कठिन भएको छ । 

हिमपात र वर्षा भएपछि यहाँका पानी नलाग्ने लेकाली भेगका किसान खेती सप्रिने आसामा छन् । त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा करीब दुई फुट जति हिउँ परेको नेपाली सेनाले जनाएको छ । हिमपातसँगै जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दीपायलमा भारी वर्षा भइरहेको छ । वर्षात्का कारण यहाँका प्रमुख व्यापारी केन्द्रका पसल पनि खुल्न सकेका छैनन् । त्यस्तै हिमपातका कारण अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पनि बन्द भएको दीपायलस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डोटीको गैरा र डडेल्धुराको हगुल्टेमा हिमपात भएका कारण दजनौँ सवारी साधन स्याउले र डोटीको गैरामा जम्मा भएको बुडर डोटी इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो । हिउँ हटाउन र बाटो सञ्चालन गराउनका लागि डिभिजन सडक कार्यालयबाट डोजर मगाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ