२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा बजार क्षेत्रभित्र जथाभावी फोहर फाल्नेलाई रु पाँच हजार जरिवाना

१० माघ २०७५, बिहीबार ०५:१५

माघ १०, दमौली | तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रभित्र जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने भएको छ । स्वच्छ र हराभरा नगरपालिका बनाउने उद्देश्यसहित नगरपालिकाले जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने जनाएको हो । 

बजार क्षेत्रमा फोहरजन्य वस्तु र प्लाष्टिकको पोका फाल्नेलाई रु पाँच हजारसम्म जरिवाना गर्ने नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो पटक अटेर गरी फोहर फाल्नेलाई रु पाँच सय, दोस्रो पटक फोहर फाल्नेलाई रु एक हजार र तेस्रो पटक फोहर फाल्नेलाई रु पाँच हजार जरिवाना गरिनेछ । प्रवक्ता श्रेष्ठले भन्नुभयो, “फोहरमैला वर्गीकरण नगरी हेलचक्र्याईँ गरेमा फोहरमैला व्यवस्थापन ऐन २०७४ बमोजिम दण्ड जरिवाना गरिनेछ ।” 

कुहिने, नकुहिने र अस्पतालजन्य एवं विषादीयुक्त फोहरलाई छुट्टाछुट्टै राखी निर्धारित मिति र समयमा फोहरमैला सङ्कलनका लागि आउने नगरपालिकाको साधनमा राख्न नगरवासीलाई आग्रह गरिएको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहर सङ्कलनका लागि दैनिक तालिका बनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता