Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीको गैँडाकोट नगरपालिकामा छ महीनामा ३८ उजुरी

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १०, रत्नगर | पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो छ महीनामा ३८ उजुरीहरु परेका छन् ।

तीमध्ये अधिकांश उजुरी मेलमिलाम गराएर टुङ्ग्याइएको न्यायिक समिति संयोजक विष्णुकुमारी कँडेलले बताउनुभयो ।

“न्यायिक समितिमा परेका उजुरीलाई सम्बन्धित वडामा रहेका मेलमिलाप केन्द्रमा पठाएर समाधानको लागि प्रयास गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “ती वडाले मुद्दा मिलाउन नसके मेलमिलाप केन्द्रमा छलफल भएको भन्ने जानकारीसहित वडाध्यक्षले सिफारिश गरेर पठाएपछि हामीले मुद्दा हेर्ने गरेका छौँ ।”

न्यायिक समितिमा परेका ३८मध्ये ३२ उजुरी समाधान समाधान गरिएको र बाँकी रहेका छ उजुरी पनि प्रक्रियामा रहेको उल्लेख गर्दै नगर उपप्रमुख रहनुभएका संयोजक कँडेलले नगरवासीलाई छिटो र छरितो न्याय दिन नगरपालिका तयार सक्षम भएको बताउनुभयो । न्यायिक समितिमा परेका उजुरीमध्ये अधिकांश मुद्दा साँध सिमाना, श्रीमान्–श्रीमतीबीच बेमेल, सासु–बुहारीबीच झगडा, बाबु–छोराबीच झगडालगायत रहेको उहाँको भनाइ थियो ।

अठार वडा रहेको गैँडाकोट नगरपालिकामा पहिले ३० मेलमिलापकर्ता रहेकामा हाल ६० थप्दै ९० जना पुर्याइएको, मेलमिलापकर्ता धेरै भएकाले पनि न्याय सम्पादन छिटोछरितो हुने गरेको र यहाँ परेका कुनै पनि मुद्दालाई न्यायिक समितिले अदालतमा पठाउन नपरेको संयोजक कँडेलले बताउनुभयो ।

मेलमिलापमा मुद्दाको छिनोफानो गर्दा कसैको हार र कसैको जीतको अनभूति नहुने र सामाजिक प्रतिष्ठामा पनि कुनै आँच नआउने भएकाले मेलमिलापमा जोड दिएर मुद्दा मिलाउने गरिएको उहाँले जानकारी दिनुभयो । रासस