२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गिट्टी बालुवा अभावले सङ्खुवासभाका १४ वटा पुल निर्माण ठप्प

१० माघ २०७५, बिहीबार ०६:२८

 माघ १०, सङ्खुवासभा | सङ्खुवासभाका दर्जनौँ जिल्लाभित्रका विकासे आयोजनामा गिट्टी बालुवाको चरम अभाव हुँदा १४ वटा पुल निर्माण ठप्प बनेका छन् । 

सङ्खुवासभामा गिट्टी बालुवा उत्खनन बन्द भएपछि जिल्लाका पुल निर्माण ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताउनुभयो । जिल्लामा सञ्चालन हुँदै आएको दुई क्रसर पाँच महीना अगाडि जिल्ला वन कार्यालयले अवैध भन्दै बन्द गराएपछि अहिले गिट्टी बालुवाको चरम अभाव सिर्जना भएको हो । खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिका जोड्ने पाङ्मा खोला र माल्टा खोलामा निर्माणाधीन दुई वटा पक्की पुलको निर्माण कार्य केही महीनादेखि गिट्टी बालुवाको चरम अभाव भएको भन्दै काम ठप्प भएको छ । 

गिट्टी बालुवा अभावले पुल निर्धारित समयभित्र बनाउन कठिन भएको निर्माण कम्पनीका निर्देशक सन्तोष राईले बताउनुभयो । निर्देशक राईले भन्नुभयो “हामीले यो पुल एक वर्षमा निर्माण सम्पन्न हुन्छ भनेका थियौँ तर गिट्टीको अभावमा हामी पुल निर्माण गर्न असमर्थ भयौँ ।” रु दुई करोड २५ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी याक्थुमहाङ एस्एएस् जेभीले पुल निर्माणको ठेक्का लिएका छन् । आगामी असार मसान्तसम्ममा सम्पन्न हुनुपर्ने उक्त पुलको हाल एउटा पिलरसमेत बनेको छैन । यस्तै आगामी असार मसान्तमै निर्माण सम्पन्न गर्ने सहमति भएको माल्टाखोला पुलको पनि अवस्था उस्तै छ । सो पुलमा पिलर हाल्नका लागि कामको शुरुआत गरिए पनि त्यसभन्दा अघि काम बढ्न सकेको छैन । 

रु दुई करोड ७१ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको सो पुलको निर्माणको ठेक्का कुन्सालिङ अरुणबरुण जेभीले पाएको छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि गिट्टी अभावले पुल निर्माण प्रभावित भएको पुल निर्माण कम्पनीका निर्देशक मिगुर शेर्पाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ