२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका ३० वडा सचिवविहीन, दुई वडाको काम एक सचिवको भरमा

२०७५, ११ माघ शुक्रबार ०५:३२

माघ ११, बेझाड | पाल्पाका ३० वडा सचिवविहीन बनेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १० स्थानीय तहमा ८१ वडा छन् । तीस वडामा बसेर काम गर्ने वडा सचिव नहुँदा कामकाजमा समस्या परेको सम्बन्धित स्थानीय तहका प्रमुखहरू बताउँछन् । वडा सचिवविहीन बनेका केहीमा सामाजिक परिचालक, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भइरहेको छ । 

रामपुर नगरपालिकाको १० मध्ये हाल छ वडामा मात्र वडा सचिव रहेका छन् । हाल वडा नं १, ३, ४, ५, ६ र ७ मा मात्र वडा सचिव छन् । वडा नं २ मा खाली भएपछि वडा नं १ का सचिव तारानाथ पोखरेलले दुई वटै वडा हेर्दै आउनुभएको छ । वडा नं ५, ६, ७, ८, ९ र १० को पञ्जीकरणको काम भने नगरपालिकाको कार्यालयबाटै हुने गरेको छ । पञ्जीकरण दर्ता वडामा हुने र प्रमाणित गर्न नगरपालिका कार्यालयमा धाउनुपर्ने हुँदा वडावासीलाई समस्या भएको छ । 

वडा नं ५ र ६ मा अस्थायीरूपमा कार्यरत वडा सचिव छन् । नगरपालिकाका जिन्सी शाखा प्रमुख केशवराज पौडेलले वडा नं ७ र ८ तथा प्रशासन शाखा प्रमुख डिलबहादुर भुजेलले वडा नं ९ र १० को सचिवको जिम्मेवारी पनि सम्हाल्दै आइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख ज्ञानराज कोइरालाले बताउनुभयो । “कर्मचारी अभावमा दुई कर्मचारीलाई नगरपालिकाको कार्यालयका काम र चार वडाका कामको जिम्मेवारी दिइएको छ”, कोइरालाले भन्नुभयो । तानसेन नगरपालिकाका १४ वडामध्ये एउटाबाहेक सबै वडामा वडा सचिव रहेका छन् । ९ र १० वडामा एक सचिवले काम गरिरहेका छन् । 

माथागढी गाउँपालिकाका आठमध्ये दुई वडामा मात्र वडा सचिव छन् । हाल वडा नं ४ झडेवा र ८ को बहादुरपुरमा बाहेक अरु सबैमा वडा सचिवविहीन छ । खाली रहेका वडामा गाउँपालिकाका कर्मचारीलाई पालैपालो हप्ताको एक÷दुई दिन वडामा खटाएर काम गर्ने वातावरण मिलाएको गाउँपालिका अध्यक्ष सन्तोष थापामगर बताउनुुहुन्छ । 

बगनासकाली गाउँपालिकाका नौ वडामध्ये ३ नंमा बाहेक सबै वडामा वडा सचिव छन् । खाली रहेको वडाको कामकाज २ नं वडा कार्यालयका सचिवलाई जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । त्यस्तै रम्भा गाउँपालिकाका पाँचमध्ये एक वडामा सचिव छैनन् । खाली रहेको वडा नं ५ मा ४ नं वडासचिवबाट कामकाज भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

पूर्वखोला गाउँपालिकाका छ वडामध्ये चार वटामा वडा सचिव छन् । चार सचिवले छ वडा हेर्ने व्यवस्था गरी वडा कार्यालयको कामकाज भइरहेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापा बताउनुभयो । यस्तै निस्दी गाउँपालिकाका सातै वडामा सचिव नहुँदा विभिन्न शाखाका कर्मचारीले धान्दै आइरहेका छन् । वडा नं १ मा खानेपानी प्राविधिक, २, ३, ६ र ७ मा स्वास्थ्यकर्मी, ४ मा गाउँपालिकाका जिन्सी शाखाका नायब सुब्बा नोलबहादुर थापा, ५ मा वडा कार्यालय सहायक एकराज अर्यालले हेर्ने व्यवस्था मिलाइएको छ । “कर्मचारी पदपूर्ति नहुँदासम्म विभिन्न शाखाका कर्मचारी परिचालन गरेका छौँ, कामकाज रोकिएको छैन”, गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले भन्नुभयो । 

यसैगरी रिब्दीकोट गाउँपालिकाका आठ वडामध्ये हाल चार वडामा मात्र वडा सचिव छन् । वडा नं ४ र ५ मा एक, ७ र ८ मा एक र वडा नं ६ मा तिनाऊ गाउँपालिका मस्यामका वडा सचिवले हेर्दै आएका छन् । वडा नं २ मा भने आलोपालो मिलाएर हेर्ने व्यवस्था रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । 

रैनादेवी छहरा गाउँपालिकाको आठमध्ये चार वडामा मात्र वडा सचिव छन् । वडा नं १ का वडासचिवले ३, वडा नं ५ वडाका सचिवले वडा नं २, ६ नं वडाका सचिवले ७ र वडा नं ८ मा गाउँपालिका कार्यालयका कर्मचारीबाटै कामकाज भइहेको अध्यक्ष रामबहादुर कार्की बताउनुहुन्छ । 

तिनाऊ गाउँपालिकामा छ वटै वडामा भने वडासचिव कार्यरत रहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती बताउनुहुन्छ । जिल्लाका विकट र दुर्गम क्षेत्रमा घण्टौँ समय लगाएर वडा कार्यालयमा सेवा लिन पुगेका नागरिकले कर्मचारी अभावमा समस्या झेल्न बाध्य छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो