२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका एक व्यक्ति होटलको कोठामा मृत फेला

११ माघ २०७५, शुक्रबार १५:४४

माघ ११, काठमाडौँ (रासस) | रोल्पाका एक व्यक्ति काठमाडौँस्थित होटलको कोठाभित्रै मृतावस्थामा फेला परेका छन् । 

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू राप्ती सुपरलजको २०४ नम्बर कोठामा रोल्पा जस्पुर घर भएका करीब ४५ वर्षीय वीरबहादुर विक मृत भेटिएका महानगरीय प्रहरी प्रभाग गोङ्गबुका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिनुभयो । 

यही माघ ६ गतेदेखि उक्त होटलमा बस्दै आएका विक सुतेको ठाउँ नजिक सातवटा मदिराका बोतल भेटिएकाले अत्यधिक मदिरा पिएका कारण ज्यान गएको अनुमान गरिएको केसीले बताउनुभयो । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । उनको साथबाट पासपोर्टसमेत फेला परेकाले वैदेशिक रोजगारीका लागि काठमाडौँ आएको हुनसक्ने प्रहरीले जनाएको छ । उनको शरीरमा भने कुनै घाउचोट देखिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य