२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा बाँध भत्किदा ७ जनाको मृत्यु, १५० बेपत्ता

१२ माघ २०७५, शनिबार १०:०९

माघ १२, रियो दि जेनेरियो | ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान भएको घटनामा परी अरु नौ जना घाइते भएका र १५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरुले बताएका छन् । 

मिनास गिरैस राज्यमा यो घटना भएको सरकारी अधिकारीहरुले शुक्रबार बेलुका सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् । 

पिडितहरुका बारेमा थप विवरण भने सार्वजनिक गरिएको छैन । घटनास्थलमा एक सय भन्दा बढी व्यक्तिहरु छुट्टा छुट्टै उद्धार तथा खोजी कार्यमा लागेका छन् । 

घटनास्थलमा ४२७ भन्दा बढी कामदारहरु काम गरिरहेकोमा १५० भन्दा बढी कामदारहरु अहिले सम्पर्कमा नरहेको अधिकारीहरुको भनाई छ । 

कामदार बाहेक स्थानीय बासिन्दाहरुपनि बेपत्ता भएको आशंका गरिएकाले बेपत्ता हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । 

माटोको पहिरो गएकाले ब्रुमाडिन्हो नगरपालिकामा रहेको सो बाँध भत्किएको उद्धार कार्यमा खटिएकाहरुले बताएका छन् । 

बाँध भत्किएर त्यहाँको एउटा कार्यालय र स्थानीय वासस्थानमा असर परेको समाचारमा जनाइएको छ । 

खोजी तथा उद्धार कार्यकालागि अग्नीनियन्त्रकहरु र अन्य उद्धारकर्ताहरु परिचालित भएका छन् । शनिबार अन्य २०० जना त्यस क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य