2026-09-13 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

महायज्ञमा सांसददेखि केन्द्रीय नेताको सहयोग

माघ १३, लमही (रासस) | तुलसीपुरको महायज्ञमा सांसददेखि केन्द्रीय नेताहरुले सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–८ मा शनिबार सम्पन्न महोत्सवमा केही दिनअघि मात्रै नेपाली काङ्ग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य दीपक गिरी, प्रदेशसभा सदस्य उत्तरकुमार वली, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले सहयोग गर्नुभएको थियो । 

महायज्ञमा प्रतिनिधिसभा सदस्य केसीले रु एकलाख १० हजार ४०० महायज्ञलाई दान गर्नुभएको हो । “चुनावको समयमा मैले आफ्नो पारिश्रमिक नलिने प्रतिबद्धता जनाएको थिए” उहाँले भन्नुभयो, “सोहीअनुसार आफ्नो पारिश्रमिकबापतको रकम विद्यालयलाई सहयोग गरे ।” 

उहाँले आफ्नो दुई महीनाको तलब बराबरको रकम विद्यालयलाई सहयोग गरेको बताउनुभयो । साथै उहाँले तुलसीपुर १५ को शहीद पार्क निर्माणका लागि तीन महीनाको तलब भत्ता सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

सुविधासम्पन्न स्मार्ट विद्यालय निर्माण तथा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको सो महायज्ञमा काङ्ग्रेसका प्रवक्ता शर्माले रु ५१ हजार, केन्द्रीय सदस्य गिरीले रु ५१ हजार र प्रदेशसभा सदस्यले रु ५५ हजार ५५५ सहयोग गर्नुभएको थियो । 

त्यस्तै शनिबार सबैभन्दा बढी तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले रु एक लाख १५ हजार सहयोग गर्नुभएको छ । प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले रु ५१ हजार सहयोग गर्नुभएको छ । महायज्ञ शनिबार सम्पन्न भएको छ । शनिबारसम्म महोत्सवबाट करीब रु ४३ लाख ५४ हजार ८२४ सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपानेले बताउनुभयो । प्राविधिक शिक्षा सञ्चालनका लागि माघ ५ गतेबाट शैक्षिक महोत्सवसमेत सञ्चालन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले